नयाँ दिल्ली (एजेन्सी)– बलिउडका चर्चित गायक यो यो हनी सिंह बाइपोलर डिसअर्डरका कारण दुई वर्षदेखि गुमनाम थिए। उनको कुनै पनि तस्बिर सार्वजनिक भएको थिएन। तर, केही समयअघि मात्र उनी नयाँ दिल्लीमा एउटा पार्टीमा देखा परे। हनी यो पार्टीमा अभिनेता सुरज पाञ्चोलीसँग देखिएका थिए। तस्बिरमा लामो कपाल पालेका हनीले टोपी लगाएको देखिएको छ।
हनी सिंह लामो समयदेखि मिडियाबाट बाहिर रहे पनि उनले बेला-बेलामा सोसल मिडियामार्फत आफ्नो प्रोजेक्टको बारेमा सबैलाई जानकारी दिँदै आएका थिए। नयाँ जानकारी अनुसार उनी छिटै अर्को गीतमा देखा पर्दै छन्। हनीले कार्तिक हार्यनको फिल्म ‘सोनु के टिटु कि स्विटी’ का लागि ‘दिल चोरी साडा’ गीत गाएका छन्। यो पार्टी नम्बर हो, जुन पञ्जाबी गायक हंस राज हंसको गीतको रिमेक हो। यो गीत २६ डिसेम्बरमा रिलिज हुँदै छ।
हनी सिंहको ‘लुंगी डान्स’, ‘चार बोतल भोड्का’, ‘ब्लु आइज’ जस्ता गीत चर्चित छन्। रोगका कारण पछिल्लो समय उनले गीत गाउन छाडेका थिए। उनले एउटा अन्तर्वार्तामा बताए अनुसार अत्यधिक मदिरा सेवनका कारण उनलाई यो रोग बल्झिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।