काठमाडौं– पर्सामा प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको छिपरमाई गाउँपालिका–५ भिष्वाका ३२ वर्षीय इम्तियाज आलम र वीरगन्ज महानगरपालिका–२ छप्कैयाकी ३२ वर्षीया मीना खातुन छन्। उनीहरुलाई प्रहरी चौकी इनर्वा पर्सा र लागुऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगन्जको घन्टाघर नजिकबाट पक्राउ गरेको हो।
बिआर २२ एल ८२५५ नम्बरको मोटरसाइकल चढी रक्सोलतर्फ जाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट लागुऔषध चरेस ५ किलो र मोटरसाइकल बरामद भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।