प्रतिकात्मक तस्बिर।
काठमाडौं- टोखा नगरपालिका–४ सामाखुशीमा विद्युत चुहिएर आगलागी हुँदा ५ सटर जलेर नष्ट भएका छन्। टोखा नगरपालिका–४ सामाखुशी चोकमा सञ्चालन भएको कपडा पसलमा आइतबार राति विद्युत चुहिएर आगलागी हुँदा कपडा पसल, ३ वटा खाजा घर र तरकारी पसल जलेर नष्ट भएका हुन्।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले ९ बजेदेखि सुरु भएको आगलागी १०ः१५ बजे नियन्त्रणमा लिइएको जानकारी दिए।
'नेपाल प्रहरी, सशस्त्र प्रहरी, तीन दमकल र दुई पानी ट्याङ्करको सहायताले आगो नियन्त्रणमा लिएका हौँ,' उनले भने। आगलागीबाट १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।