हैटौंडा- चितवनको नारायणगढबाट वीरजञ्जतर्फ जाँदै गरेको ना५ख ४०१५ नम्बरको दिवा सेवाको यात्रुबाहक बस हेटौंडा उपमहानगरपालिका-१५ स्थित हेटौंडा-वीरगञ्ज सडकखण्डको चुरेमा अनियन्त्रित भई पल्टिएको छ।
आज बिहान भएको सो दुर्घटनामा घइते भएकी एक महिलाको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको छ।
मृत्यु भएकी महिलाको अहिले सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। सो दुर्घटनामा परी घाइते भएका २० यात्रुको हेटौंडास्थित चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घाइते २० मध्ये ४ को अवस्था गम्भीर रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।