• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

विश्वकपमा भारतविरुद्ध पाकिस्तानको हारको शृंखला रोकिएन, रोहित बने जितको नायक

64x64
नेपाल लाइभ सोमबार, असार २, २०७६  ०८:००
1140x725

काठमाडौं- इंग्ल्यान्डमा जारी १२औं आइसिसी विश्वकप क्रिकेटमा आइतबार भएको खेलमा भारत विजयी भएको छ। म्यानचेस्टरको ओल्ड ट्राफर्ड मैदानमा भएको खेलमा भारतले पाकिस्तानलाई डकवर्थ लुइस नियमका आधारमा ८९ रनले पराजित गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले पाकिस्तानका सामु ३ सय ३७ रनको लक्ष पेस गरेको थियो। तर, पाकिस्तानले लक्ष पछ्याउँदै गर्दा वर्षाले खेल प्रभावित भएपछि उसले डकवर्थ लुइस नियमका आधारमा जितका लागि ४० ओभरमा ३ सय २ रनको नयाँ लक्ष पाएको थियो। पाकिस्तानले भने ६ विकेट गुमाएर २ सय १२ रन मात्र आफ्नो स्कोरबोर्डमा बटुल्न सक्यो।

कुनै समय २३.५ ओभरमा एक विकेटको क्षतिमा १ सय १७ रन बनाएर खेलिरहेको पाकिस्तानको त्यसपछि भने विकेट पतनको शृंखला सुरु भएको थियो। अनुभव भएका र राम्रो रन स्कोर गर्नसक्ने आँकलन गरिएका मिडल अर्डरका ब्याट्सम्यान नै एकपछि अर्को गर्दै पेवेलियन फर्किएपछि पाकिस्तान दबाबमा आएको थियो। पाकिस्तानले थप १२ रन जोड्दा महत्वपूर्ण ५ विकेट गुमाइसकेको थियो।

दोस्रो विकेटको रुपमा बाबर आजम ४८ रन बनाएर कुलदीप यादवको बलमा बोल्ड भएपछि पाकिस्तानको विकेट पतको शृंखला सुरु भएको हो। आजमसँग दोस्रो विकेटका लागि १ सय ४ रनको महत्वपूर्ण साझेदारी गरेका फाकर जमान ६२ रनको निजी स्कोरमा कुलदीपकै बलमा युजवेन्द्र चाहलको हातबाट समातिए।

यसपछि मोहम्मद हाफिज ९ रन र टोलीकै अनुभवी ब्याट्सम्यान सोयब मलिक गोल्डन डक आउट हुन पुगे। यी दुबै हार्दिक पान्ड्याको सिकार भएका थिए।

कप्तान सरफराज अहमदले पनि कमजोर हालतमा पुगेको टोलीको अवस्थालाई टेको दिन सकेनन्। व्यक्तिगत १२ रनको अवस्थामा उनी विजय शंकरको दोस्रो सिकार भए। यसअघि विजयले प्रामरम्भिक ब्याट्सम्यान इमाम उल हकलाई आउट गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

पाकिस्तानको स्कोर ३५ ओभरमा ६ विकेटको क्षतिमा १ सय ६६ रनको अवस्थामा खेलमा वर्षा बाधक बन्यो। त्यसपछि पाकिस्तानले ४० ओभरमा ३ सय २ रनको नयाँ लक्ष पाएको थियो।

अन्तिमसम्मै क्रिजमा रहेका इमाद वसीमले ४६ र सादव खानले २० रनको पारी खेले पनि त्यो जीतका लागि पर्याप्त भएन।

भारतका कुलदीप यादव, हार्दिक पान्ड्या र विजय शंकरले समान २/२ विकेट आफ्नो नाममा लेखाए।

यसअघि टस जितेर पहिले फिल्डङ रोज्ने पाकिस्तानको निर्णयलाई भारतको प्रारम्भिक जोडी रोहित शर्मा र के एल राहुलले गलत सावित गरिदिए। पहिलो विकेटका लागि १ सय ३६ रनको साझेदारी गरेको यो जोडीले भारतलाई सटिक सुरुवात दिएको थियो।

रोहितले शतकीय पारी खेले। १ सय १३ बलको सामना गरेका उनले १३ चौका र ३ छक्काको मदतमा १ सय ४० रनको योगदान दिए। राहुलले ५७ रन बनाए।

भारतका कप्तान विराट कोहलीले पनि अर्धसतकीय पारी खेले। उनले रोहितलाई गतिलो साथ दिएका थिए। विराटले ७७ रन बनाउँदा हार्दिकले २६ र विजयले १५ रन बनाए।

पाकिस्तानका लागि मोहम्मद आमिरले ३ तथा हसन अली र वाहव रियाजले सामान १/१ विकेट हात पारे।

हालसम्म विश्वकपमा भएका सबै खेलमा भारतसँग हारको सामाना गरेको पाकिस्तानले यसपटक पनि आँकडा सुधार्न सकेन। विश्वकपमा ७ खेल खेलेको पाकिस्तानले भारतलाई सबै खेल सुम्पिएको छ। भारत र पाकिस्तानबीचको खेललाई विश्वभर निकै महत्वपूर्ण र चासोको रुपमा हेरिने गरिए पनि विश्वकपमा पाकिस्तानले भारतलाई कडा चुनौती दिन सधैं असफल भएको छ।

सन् १९९२ को विश्वकपमा पहिलो पटक भारत र पाकिस्तान आमनसामने भएका थिए। १९७५ मै विश्वकप सुरु भए पनि सन् १९८७ सम्म भने यी दुई टोलीबीच विश्वकपमा कुनै खेल भएको थिएन। अष्ट्रेलियामा भएको १९९२ को विश्वकपमा पहिलो जित निकालेको भारतले २७ वर्षसम्म पनि पछाडि फर्केर हेर्नु परेको छैन।

जितसँगै भारत अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। ४ खेलमा ३ मा जित हात पारेको भारत न्युजिल्यान्डसँग सामान अंक भए पनि रनरेटका आधारमा तेस्रो स्थानमा छ। यी दुवै टोलीभन्दा एक खेल बढी खेलेको अष्ट्रेलिया अंक तालिकाको पहिलो स्थानमा छ।

५ खेलमा १ मा मात्रै जित हात पारेको पाकिस्तान पुछारबाट दोस्रो स्थानमा छ।

प्रकाशित मिति: सोमबार, असार २, २०७६  ०८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन बुधबार, असोज ७, २०८३
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द बुधबार, असोज ७, २०८३
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्