• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

काठमाडौँमा विप्लवको विस्फोट प्रकरण : घाइतेलाई आईसीयूमै प्रहरीले 'टर्चर' दिएको आफन्तको गुनासो [भिडियो]

64x64
नेपाल लाइभ आइतबार, असार १, २०७६  २१:५१
1140x725

काठमाडौँ- जनजीवन नै त्रस्त बनाउने गरी गएको जेठ १२ गते काठमाडौँ उपत्यकामा शृंखलावद्ध विस्फोट भए। 

आफैले आह्वान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा सुकेधारा, घट्टेकुलो र थानकोटमा भएका विस्फोटका घटनामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ४ कार्यकर्ताको मृत्यु भयो। 

विस्फोटमा विभुराम विक, निरन्तर मल्ल, गोकुल रानामगर र प्रज्वल शाहीको मृत्यु भएको थियो।

त्यस्तै घट्टेकुलोमा भएको विस्फोटमा परी रुकुम घर भई त्रिचन्द्र कलेज पढ्ने रविन केसी घाइते भएका थिए। उनको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

सुकेधाराको ढलाने पुल नजिक भएको विस्फोटमा परी काठमाडौँ, कपनका हरि खड्का, बूढानीलकण्ठका सुरेन्द्र महर्जन, महोत्तरी घर भएका छोटु ठाकुर घाइते भए। उनीहरुको ओम अस्पतालमा उपचार भइरहेको छ। थानकोटमा विक्रम लामा घाइते भए। उनको सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। 

आफन्तको गुनासो- घाइतेमाथि प्रहरीले टर्चर दियो
तर, उक्त विस्फोटका घाइतेका परिवारले आफूहरु र उपचाररत घाइतेलाई समेत प्रहरीले मानसिक तनाव दिइरहेको अरोप लगाएका छन्। 

घाइतेका आफन्तले उपचार गर्न पाउने संविधान प्रदत्त अधिरका समेत हनन् गर्दै प्रहरीले अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मै गएर ‘टर्चर’ दिइरहेको गुनासो आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर गरेका छन्। घाइतेलाई मात्रै होइन आफूहरुलाई समेत बिनाकारण विप्लवसँग जोडेर मानसिक तनाव दिइरहेको उनीहरुको गुनासो छ। 

विस्फोटमा घाइते भएका हरिबहादुर खड्काका छोरा जीवन खड्काले पत्रकार सम्मेलनमा आफ्नो बुवालाई बिना कारण विप्लवको पार्टीसँग जोडेको गुनासो पोखे।

Ncell 2
Ncell 2
nimb
nimb

‘एउटा समान्य मान्छे कपाल काट्न जान्छ,’ उनको आक्रोस छ, ‘त्यहाँ कपाल काटेर फर्किदै गर्दा बिस्फोट भएर सिधै अस्पताल ल्याइन्छ भने उहाँलाई विप्लवको कार्यकर्ता कसरी भन्न मिल्छ?’ 

सुकेधारको विस्फोटमा परेर घाइते भएका खड्काको एउटा खुट्टाको हड्डी र एउटा हातको औंला पनि भाँचिएको छ। आफ्नो बुवा समान्य नागरिक भएको र कपाल काटेर फर्किदै गर्दा विस्फोटमा परेको भन्दै उनी राज्यले उपचार खर्च व्यहोर्नु पर्ने माग गर्छन्।

‘हाम्रो जति पनि खर्च भएको छ, त्यो राज्यले व्यर्होछ कि व्यर्होदैन्?,’ उनको प्रश्न छ, ‘मेरो ड्याडी एउटा समान्य नागरिक हो। उहाँ पसल चलाएर बसेको मान्छे। पसल चलाएर हामी (छोराहरु)लाई पढाउँदै हुनुहुन्छ।’

Xtrem

Xtrem

घाइते हरिबहादुर श्रीमती राधिका बिना कारण आफ्नो पतिलाई विप्लवको कार्यकर्ता भनेको र जेठो छोरालाई पटक-पटक मानसिक तनाव समेत प्रहरीले दिइरहेको गुनासो पोखिन्छन्। ‘सरकारले विप्लवको पार्टीको मान्छे भनेको छ,’ उनी भन्छिन्, ‘त्यो चाहिँ होइन्। हामीलाई केही पनि थाहा छैन। विप्लवको मान्छे भएको भए त हामीलाई थाहा हुन्थ्यो नि।’

प्रहरीले आफूलाई पनि सोधखोज गरेको र छोरालाई  राति-राति बोलाएर दुःख दिइरहेको गुनासो पोख्दै उनी भन्छिन्, ‘प्रहरीले मलाई पनि धेरै सोधखोज गरे। मेरो छोरालाई पनि राती लाने, छोरालाई धेरै दुःख दिइरहेको छ। छोराको कार्ड पनि लिएर गएका छन्। तँ पनि त्यही संलग्न भएको रहेछस्, हामी घटना भएको स्थलमा भेटेको भनेर मेरो जेठो छोरालाई धेरै तनाव दिएका छन्।’

थानकोट विस्फोटमा विक्रम लामा घाइते भए। उनकी श्रीमति सन्तोषी श्रेष्ठ घाइते श्रीमान् र आफूलाई विप्लवको मान्छे भन्दै प्रहरीले दुःख दिइरहको गुनासो गर्छिन्। 
विस्फोटले आँखामा क्षति पुगेका लामाको सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। उपचारकै क्रममा प्रहरीले आईसीयूमै गएर टर्चर दिएको र उपचार पुरा भइनसक्दै डाक्टरलाई डिस्र्चाज गर्न दवाव दिइरहेको आरोप सन्तोषीले प्रहरीमाथि लगाइरहेकी छिन्। 

‘सरकारी निकायले उहाँ (श्रीमान्)लाई टर्चर दिइरहेका छन्,’ उनको दुखेसो छ, ‘प्रहरी प्रशासनले उपचार गर्ने डाक्टरलाई पनि टर्चर दिइहेको छ। हामी अनुसन्धानबाट भागेका पनि छैनौं, उहाँहरुले मजाले अनुसन्धान गर्नुहोस्। तर, मेरो माग यत्ति हो कि पूर्णरुपले घाइतेलाई निको हुन दिनुहोस्। उपचार पूर्णरुपमा नहुँदै आईसीयूमै गएर प्रहरीले आजै लैजान्छु, भोली लैजान्छु भन्दा उहाँलाई मानसिक समस्या बढेको छ। विरामीको समस्या झन् विग्रेको छ।’

प्रहरीले आफूहरुलाई विप्लवको विल्ला भिराएपछि घरबेटीले समेत डेरा छोड्न दवाव दिइरहेको उनको गुनासो छ।  ‘हाम्रो पसल छ, त्यसको सामान ल्याउँछु भनेर जानु भएको थियो,’ घटना सम्झदै  उनले आफ्नो दुःख पस्किइन्, ‘त्यो घटना भएको मलाई थाहा पनि छैन्, प्रहरीले भनेपछि मात्रै थाहा भयो। हामी भाडाको कोठमा बस्छौं। प्रहरीले घरबेटीलाई मान्छे हेरेर मात्रै राख्नु  पर्दैन भन्नु भयो। त्यसपछि घरबेटीले घर छोड्न दवाव दिइरहेका छन्। हामी कस्तो खालको मान्छे हौं भन्ने त सबैलाई थाहा छ।’ 

प्रहरीले घाइतेलाई आफ्नो निगरानीमा राखेकाले उपचार खर्च पनि सरकारले नै व्यर्र्र्हानुपर्ने उनको माग छ। भन्छिन्, ‘खर्च उहाँहरु आफैले गर्नुपर्ने हो तर उहाँहरुले गर्नु भएको छैन्। हामीले ऋण खोजेर ल्याएर उपचार खर्च गरिरहेका छौं।’

भिडियो पनि हेर्नुहास्:

 

प्रकाशित मिति: आइतबार, असार १, २०७६  २१:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्