काठमाडौं- आइसिसी क्रिकेट विश्वकप २०१९ अन्तर्गत भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रोकिएको छ।
म्यानचेस्टरमा टस जितेको पाकिस्तानले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले ४६.४ ओभरमा ४ विकेटको क्षतिमा ३०५ रन बनाउदा खेल वर्षाले रोकिएको छ।
भारतका कप्तान विराट कोहली ७१ र विजय शंकर ३ रन बनाएर खेलिरहेका छन्।
भारतका लागि ओपनर रोहित शर्माले शतक प्रहार गरे।
उनले ११३ बलमा १४० रनको योगदान दिए। रोहितले आफ्नो इनिङमा १४ चौका र ३ छक्का हिर्काए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।