• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

युवतीको बान्ता सोहोर्न पाइलट बनेर एक युवक अस्पताल पुगेपछि…

64x64
नारायण अधिकारी आइतबार, असार १, २०७६  १७:०४
1140x725

काठमाडौं- 
नाम-  रोनाल राज आचार्य ।
ठेगाना- ठमेल, काठमाडौं
पेसा- पाइलट
उमेर- २८ वर्ष 

झट्ट हेर्दा खाइलाग्दो शरीर। स्मार्ट गेटअप। बोलीचाली र हाउभाउले उनी ठूलै खानदानको मान्छे भन्ने भान हुन्छ। 

करिब ६ महिनाअघि यीनै हुलिया भएका युवा रोनालको काठमाडौं निवासी बिमला (नाम परिवर्तन)सँग भेट हुन्छ। ती महिला आफ्नी नातिनी कृति (नाम परिवर्तन)को उपचारका लागि अस्पताल धाइरहेकी हुन्छिन्। 

सोही मेसोमा उनले एक दिन रोनाललाई आफ्नी नातिनीको अवस्थाबारे जानकारी गराउँदै भन्छिन्, ‘१० वर्ष लन्डन बसेर आएकी मेरी नातिनी बिरामी छ। ग्रान्डी अस्पताल भर्ना भएकी छ। यसलाई कुर्न जानु छ।’

यति बेलिबिस्तार लगाउने महिलाको मन रोनालले जाँचिसकेका थिए। ‘ओहो! बिचरा, नातिनीलाई त्यस्तो पो भएको छ। म पनि भेट्न जान्छु,’भन्दै रोनाल एक दिन तिनै महिलाको पछि लागेर ग्रान्डी अस्पताल पुग्छन्।

बेडमा सुतिरहेकी नातिनीलाई रानोलबारे सबै बेलिविस्तार लगाउँछिन् उनले। रोनाल निकै सहयोगी दयावान् पाइलट भएको आफ्नी नातिनीलाई ती महिलाले सुनाउथिन्।

रानोलले पनि आफू निकै दयावान् र सहयोगी भएको पुष्टि गर्न बिरामी युवतीलाई सहयोग गर्न थाल्छन्। बिरामी युवतीलाई ट्वाइलेट लाने-ल्याउनेदेखि औषधि किनेर ल्याउनेसम्मको काम उनै रोनालले गर्छन्।

रानोलले यतिसम्म गर्छन् कि, बिरामी युवतीको बान्ता समेत उनले सोहारेर फाल्छन्। हट्टाकट्टा खाइलाग्दा एक पाइलटको सहयोगी मन देखेर विस्तारै ती युवतीको मन पग्लन थाल्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

डिस्चार्ज भइसकेपछि उनीहरुबीच अन्तरंग कुराकानी गर्न थाल्छन्। दबै जना अविवाहित। उमेर पनि मिल्ने। युवक पाइलट। ठमेलमा घर। युवती १० वर्ष युके बसेर आएकी। धनाढ्यकी छोरी।

कृति र रोनालबीच फोन र म्यासेन्जरमा अब विवाहका कुरा हुन थाल्छ। दिनहुँ भेट हुनु, घुम्नु उनीहरूका लागि समान्य हुन थालिसकेका हुन्छ। अब चाँडै नै उनीहरु विवाह गर्दै छन् भन्ने युवतीको परिवारलाई समेत लाग्न थालिसकेको थियो।

जसका लागि कृतिका तर्फबाट रोनाललाई डेढ करोडको ल्याडरोबर गाडी दाइजो दिने फिक्स हुन्छ। जेठ सुरुतिर राजधानीकै एक पाँचतारे होटलमा इन्गेजमेन्टको तयारी भयो। 

000

सोही बेला प्रिया (नाम परिवर्तन) नाम गरेकी एक युवतीले कृतिलाई म्यासेन्जरमा बोलाउँछिन् ‘हाई’।

कृतिले फर्काउछिन् ‘हेल्लो’

‘विवाह गर्न लाग्नुभएको रहेछ। त्यो केटा (रोनाल)को बारेमा केही भन्छु भेटम्न’ इन्गेजमेन्टकै दिन बिहान प्रियाले कृतिलाई म्यासेज गर्छिन्। 

उनीहरुबीच भेट्ने सहमति हुन्छ। सबैकुरा एक आपसमा सेयर गर्दै आएकी कृतिले रोनाललाई प्रियाले भेट्न खोजेको बताउँछिन्। र यसका लागि दुबै जना सँगै गएर भेट्न भन्छिन्।

'ओके' भनेका रोनाल आउँदैनन्। कृति एक्लैले प्रियालाई भेट्छिन्। त्यसपछि खुल्छ पाइलट रोनालको वास्तविक परिचय।

प्रियाले रोनालका बारेमा सबै बेलिविस्तार लगाउँछिन्। ऊ न त कुनै पाइलट नै हुन्छ, बरु अपराधी भएको कुरा प्रियाले बताउँछिन्। कृतिजस्ता २० जनाभन्दा बढी युवतीलाई यसैगरी उसले ठग्दै आएको कुरा प्रियाले सुनाउँछन्।

प्रिया आइटी इन्जिनियरमा ब्याचलर गरेकी युवती हुन्। उनलाई पनि यसैगरी रोनालले ४ वर्षसम्म प्रेमको नाटक गर्दै ठगेका थिए। प्रियाले यो सबै कुरा सुनाएपछि कृति छाँगाबाट खसेजस्तो हुन्छिन्। 

६ महिनाको बीचमा रोनालले कृतिबाट मात्रै ३५ लाख रुपैयाँ ठगी गरिसकेका थिए। 

000

कृति र प्रिया दुबै जना मिलेर रोनाल विरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिन्छन्।

उनीहरुकै उजुरीको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंले रोनाललाई जेठ २० गते काठमाडौंबाट पक्राउ गरेको छ। 

उनीविरुद्ध अहिले ठगीमा मुद्दामा अनुसन्धान भइरहेको काठमाडौं परिसरका डिएसपी होबिन्द्र बोगटीले बताएका छन्।

रोनाल पक्राउ परेपछिको उनको ठगीको रहस्य खुल्दै आएको छ। उनले अहिलेसम्म २० जना युवतीलाई विवाह गर्ने बाहनामा ठगी गरिसकेको प्रहरीले जनाएको छ।

टार्गेटमा धनाढ्य युवती, 'बटरफ्लाई' भन्दै यसरी पार्थे प्रलोभन
रोनालको टार्गेटमा धनाढ्य परिवारका १७-१८ वर्षका युवती हुने गरेको प्रहरीले जनाएको छ। आफू पाइलट, इन्जिनियर, आर्किटेक्चर, जग्गा कारोबारी, व्यापारी भएको बताउँदै उनले युवतीलाई प्रलोभनमा पार्ने गरेका थिए। 

ठमेल र सामाखुसीमा घर भएको पनि उनले बताउने गरेका थिए। तर उनी पक्राउ परेपछि यो सबै झुठ बाहिरिएको छ। उनले १२ पास गरेको र काठमाडौं बसुन्धारामा भाडामा बस्दै आएको डिएसपी बोगटीले बताए। उनको घर भने नवलपसारी डन्डा भएको प्रहरीले जनाएको छ।

फेसबुकमा धनाढ्य परिवारका युवतीहरुलाई मात्र साथी बनाउने गरेका उनले विस्तारै 'हाई-हेलो' गर्दै कुरा सुरु गर्ने गरेका थिए। उनी आफू धनाढ्य, पाइलट इन्जियिर भएको बताउँदै युवतीलाई प्रलोभनमा पार्थे। १७-१८ वर्षका युवतीलाई भन्थे, ‘तिमीहरु भनेको गिलो माटो हो। अहिले नै जुन 'सेप' दियो त्यही बन्छौं।’

यति भनेपछि युवतीहरु पनि राम्रो मान्छे रहेछ भन्दै उनको पछि लाग्थे। त्यसपछि उनको ठगी धन्दा सुरु हुन्थ्यो। यसरी उनले २० जनासम्म युवतीलाई ठगी गरेको पाइएको छ।

प्रायः युवतीलाई बोलाउदा उनी ‘हाई माई बटरफ्लाई’ भन्थे। र मख्ख पार्थे।

ठगीबाटै कार, १ वर्षअघि २५ लाख तिरेर रिहा
पक्राउ परेका रानोलले प्रयोग गर्ने गरेको कार प्रहरीले बरामद गरेको छ। ठगीलाई नै पेशा बनाएर लागेका उनले ठगेकै पैसाले करिब ३० लाख पर्ने स्विफ्ट कार चढ्थे। सो कार प्रहरीले बरामद गरेको हो। 

कार लिएर युवती भेट्न गएपछि उनीहरुले पनि सजिलै विश्वास गर्ने भएकाले उनले ठगेको पैसाले सुरुमै कार किनेको प्रहरीले जनाएको छ। 

त्यस्तै, उनी एक वर्षअघि २०७४ सालमा नै जबरजबस्ती करणी उद्योगमा पक्राउ परेको प्रहरी अनुसन्धानबाट खुलेको छ। त्यसबेला उनी २५ लाख रुपैयाँ धरौटी राखी रिहा भएका थिए। रोनाल लागूऔषध सेवनकर्ता पनि भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, असार १, २०७६  १७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भक्तपुरमा एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ प्रहरीका अनुसार बिहीबार करिब ५ बजे ब्रम्हनगरस्थित शाहको किराना पसलमा उपभोक्तालाई खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर २ हजार ८ सय रु... बिहीबार, भदौ २५, २०८३
१८ हजार बढी ट्रामाडोल बसको छतमा राखेर चितवन जाँदै गरेका युवक समातिए चेकिङका क्रममा वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७६२३ नम्बरको यात्रुवाहक बस रोकेर जाँच गर्दा बसको हुड र्‍याकमा राखिएका दुईवटा... बुधबार, भदौ २४, २०८३
१६२ किलो ७९४ ग्राम गाँजासहित दुई जना पक्राउ मनहरी गाउँपालिका–९ भाबरबाट प्रहरीले करिब १६२ किलो ७९४ ग्राम अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। बुधबार, भदौ २४, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्