लहान- सिरहामा प्रहरीले कस्तुरीको विणासहित २ जनालाई पक्राउ गरेको छ।
सिरहा नगरपालिका- २१ का कैलाश कुमार यादव र सोही नगरपालिका वडा नम्बर १३ का २८ वर्षीय अभासकर कुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो।
भारतीय सिमा क्षेत्र हुँदै नेपाल प्रवेश गरेका ना २२ प.८००४ र बिआर ०७ जेड ३३२० नम्बरको भारतीय मोटरसाईकल चेकजाँच गर्दा १२ ग्राम विणा वरामद भएको प्रहरीले जनाएको छ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।