नयाँ दिल्ली (एजेन्सी)– शिव सेनाका संस्थापक बाल ठाकरेको कथामा आधारित फिल्म ठाकरेको बायोपिकमा नवाजुद्दीन सिद्दिकी देखापर्ने भएका छन्। उर्दू लेखक मन्टोले लेखेको बायोपिकको टिजर रिलिज भएको छ।
सिद्दीकी नयाँ लुकमा देखा पर्दैछन्। टिजरमा उनी ठाकरेको भेषभूषामा जमेको समीक्षकहरूले बताएका छन्। ठाकरे नामक यो फिल्मको निर्देशन अभिजित फान्सेले गर्दैछन् र यसलाई सञ्जय राउतले प्रिजेन्ट गरेका हुन्। टिजरको सुरुवात नै दंगाबाट भएको छ। जसमा एक जना बच्चा रोइरहेको देखाइएको छ। जसको अगाडि एउटा पेट्रोल बम विस्फोट हुन्छ। यसपछि दंगाको दृश्य देखाइएको छ।
सिद्दीकी बाल ठाकरेको शैलीमा जनसभामा नमस्कार गर्दै गरेको देखा परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।