काठमाडौं– प्रहरीले विगत ७ वर्षदेखि फरार रहेकी एक महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले लागुऔषध मुद्दामा दोषी ठहर भएर ७ वर्षदेखि फरार भएकी महिलालाई शनिबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–२ कि ४० वर्षीया 'सन्जु' भनिने राधा कहार छिन्। फरार अपराधीहरुलाई पक्राउ गर्ने अभियानअन्तर्गत विशेष सूचनाका अधारमा कहारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
कहारलाई २०६८ असार २८ गते जिल्ला अदालत कपिलवस्तुले लागुऔषध खैरो हेरोइन ओसारपसार मुद्दामा ६ वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
त्यसैगरी जिल्ला हदालत कपिलवस्तुले नै लागुऔषध गाँजा मुद्दामा २०६९ बैसाख २८ गते ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो। उनलाई फैसला कार्यान्वनका लागि जिल्ला अदालत कपिलवस्तु पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।