डडेलधुरा- डडेलधुराको आलिताल गाउँपालिका–८ कुर्जेनिमा ट्क्याटर पल्टिँदा एक शिक्षकको मृत्यु भएको छ।
समैजी अधारभुत विद्यालय आलितालमा कार्यरत ४० वर्षीय शिक्षक श्याम कलौनीको गएराति मृत्यु भएको हो।
गोदाम बजारबाट कुर्जेनी गाउँतर्फ जाँदै गरेको बालुवा बोकेको से२त २८५० नम्बरको ट्क्याटर दुर्घटनामा परेको हो। दुर्घटनामा आलिताल गाउँपालिका– ८ का पदम राना समान्य घाइते भएका छन्।
चालक धनजित धामी फरार रहेको आलिताल प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक बिरबहादुर ऐरले जानकारी दिए। बढी लोडकै कारण ट्क्याटर दुर्घटना भएको आलिताल प्रहरी चौकीको अनुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।