काठमाडौं- कोपा अमेरिकामा अर्जेन्टिनाले खराब सुरुवात गरेको छ। शनिबार राति भएको ग्रुप 'बी'अन्तर्गतको पहिलो खेलमा अर्जेन्टिना कोलम्बियासँग २-० गोल अन्तरले पराजित भएको हो।
पहिलो हाफमा दुवै टोलीले गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेनन्। अर्जेन्टाइन स्टार लियोनल मेस्सीको टिममाथि दबाब बढीरहेका बेला कोलम्बियाले खेलमा अग्रता लिएको थियो। खेलको ७१ मिनेटमा रोगर मार्टिनेजले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाए।
बराबरी गोल फर्काउन उद्दत मेस्सी नेतृत्वको टोली अर्जेन्टिनालाई त्यतिबेला थप भार थपियो, जतिबेला डुभान जापाटाले कोलम्बियाको लागि दोस्रो गोल गरे।
मेस्सी, सर्जियो अग्युरो, एन्जल डी मारियालगायत स्टार खेलाडीले भरिपूर्ण भए पनि अर्जेन्टिना खेलमा फर्किन सकेन र खेल कोलम्बियाको आफ्नो पक्षमा पार्यो। कोलम्बियाका लागि दुवै गोल सब्टिच्युट खेलाडीले गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।