कैलाली- कैलालीको घोडाघोडी नगरपालिकामा माटोको ढिस्कोले पुरिएर १ युवतीकको मृत्यु भएको छ।
घर लिप्नका लागि माटो खन्ने बेला माटोको ढिस्को खसेर टाउकोमा लाग्दा युवतीको मृत्यु भएको हो।
मुत्यु हुनेमा घोडाघोडी नगरपालिका-४ जनकपुरका विष्णु भण्डारीकी १७ वर्षीय छोरी रेश्मा भण्डारी रहेको प्रहरीले जनाएको छ।
घर नजिकैको मेलघट्टी सामुदायिक बनमा घर लिप्नका लागि माटो खन्ने बेला माथी बाट माटोको ढिस्को खसेर युवतीको घटनास्थलमै मृत्यु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।