कैलाली- कैलालीको घोडोघाडी नगरपालिका-१० पहलमानपुरमा रहेको निर्माणाधीन कोल्ड स्टोरमा आगलागी भएको छ।
कोल्ड स्टोरमा आगलागी हुँदा पलाई बोर्ड जलेर नष्ट भएको बताईएको छ। रामबहादुर राउतको निर्माणाधीन कोल्ड स्टोरमा आगलागी भएको हो।
आगलागीबाट झन्डै १ करोड बराबरको क्षति भएको अनुमान गरिएको छ।
साना तथा मझौता कृषक आयस्तर वृद्धि परियोजना (रिज्मएफपी)को ३ करोड लगानी रहेको सो कोल्ड सञ्चालनमा नआउँदै आगलागी भएको हो।
स्थानीयवासी, दमकल र प्रहरीको सक्र्रियतामा आगोलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।
निर्माणाधीन कोल्ड स्टोरको छेउमा ओल्डीनको काम भईरहेको र त्यसको झिल्का परेर आगो लागेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।