• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सुत्केरी मृत्यु प्रकरण : ३ बुँदे सहमतिपछि विवाद साम्य

हामी अझै असुरक्षित छौं : चिकित्सक
64x64
नेपाल लाइभ शनिबार, जेठ ३२, २०७६  २१:०३
1140x725

डडेल्धुरा- डडेल्धुरा अस्पतालमा सुत्केरीको मृत्यु भएपछि डडेल्धुरा सदरमुकाममा उत्पन्न भएको तनाव साम्य भएको छ। 

अप्रेसन गरी शिशु जन्माएकी अमरगढी नगरपालिका–६ छचोडा गाउँका धर्मराज ताम्राकारकी श्रीमती २६ वर्षीया गीता ताम्राकारको शुक्रबार दिउँसो डडेल्धुरा अस्पतालमा मृत्यु भएको थियो। अस्पतालका चिकित्सकले लापरबाही गरेको आरोप लगाउँदै मृतकका आफन्तले अस्पताल र जिल्ला प्रशासन कार्यालय प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका थिए। 

मृतकका आफन्तसँग तीन बुँदे सहमति भएपछि शनिबार दिउँसोबाट जिल्ला सदरमुकाम खलंगामा भएको प्रदर्शन रोकिएको छ। 

प्रर्दशन रोकिएसँगै सडकमा रोकिएका सवारीका साधन गन्तव्यतर्फ हिँडेका छन्। 

तीन बुँदे निर्णयमा सहमति जनाई घटनाबारे आवश्यक सहयोग गर्न प्रशासन कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाएपछि उग्र बनेको प्रदर्शन शान्त भएको हो।

गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशलाई बोधार्थ गरी पत्र पठाएपछि प्रदर्शन रोकिएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए।

प्रशासन कार्यालय र मृतकका आफन्तबीच घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन टोली पठाइदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयलाई अनुरोध गर्नेसहितका सहमति भएको हो।

यसैगरी, मृतक गीताको पोष्टमार्टम जिल्ला बाहिरका चिकित्सकबाट गर्ने गरी चिकित्सक पठाइदिन स्वास्थ्य जनसंख्या मन्त्रालय र सुदूरपश्चिम सामाजिक मन्त्रालयलाई अनुरोध गर्ने र मृतकका आफन्तलाई नियमनुसार राहत उपलब्ध गराउन जनसंख्या मन्त्रालय र सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयलाई अनुरोध गर्ने निर्णयमा सहमति भएको हो।  

Ncell 2
Ncell 2
nimb
nimb

शनिबार महिलाहरुले जिल्ला प्रशासन कार्यालय अगाडि घेराउ गर्दै नाराबाजी गर्दै प्रदर्शन समेत गरेका थिए। 

'उपचारका नाममा ज्यान लिन पाइँदैन, हत्यारालाई कारबाही गर' लगायतका नारा लगाउँदै प्रशासन घेराउ गरेका थिए। आफन्त र गाउँलेले सदरमुकाम तुफानडाँडा चोकमा टायर बाली सडक समेत अवरुद्ध पारेका थिए। बिहान १० बजेदेखि मृतकका आफन्तले दिउँसोसम्म सडक अवरुद्ध पारेका थिए।

सुत्केरी भएकी गीताको रक्तश्राव नरोकिएपछि गीतालाई शुक्रबार परिवारले डडेल्धुरा अस्पताल भर्ना गरेका थिए। तर उपचारका क्रममा उनको मृत्यु भयो।

आफन्तको दाबी गलत : अस्पताल
अस्पतालले भने आफन्तको दाबी गलत भएको बताएको छ।

Xtrem

Xtrem

गीतालाई १० पिन्ट रगत दिएर रेफर गरिसकेको अवस्थामा उनको ज्यान गएकाले अस्पतालको लापरवाही भन्नु उचित नभएको अस्पताल प्रशासनको दाबी छ। मृतक गीताका श्रीमान् स्वास्थ्यकर्मी हुन्। उनी नेपाल सरकारको हेल्थ असिस्टेन्ट पदमा अछाममा कार्यरत छन्।

बिहीबार छोरा भएको १५ दिन पुगेपछि रगत बग्न थालेकाले गीतालाई अस्पताल पुगेका थिए। उनले जेठ १६ गते दिउँसो साढे दुई बजे अप्रेसन गरी बच्चा पाएकी थिइन्। बच्चा सकुशल जन्मिएपछि स्वास्थ्यमा प्रतिकूल असर रहेकाले २४ गतेसम्म पाँच दिन बच्चालाई आइसियुमा राखिएको थियो। 

उनलाई २४ गते अस्पतालबाट घर पठाइएको सहमति पत्रमा उल्लेख छ। उनी ३० गते फेरी अस्ताल पुगी रगत बगेको बताएकी थिइन्। करिब १ महिनासम्म रगत बग्ने भन्दै अस्पतालका चिकित्सकले चिन्ता नलिन आग्रह गर्दै उनलाई घर पठाएका थिए। 

घर पुगेपछि रक्तश्राव नरोकिएपछि उनी फेरि ३१ गते बिहान साढे ८ बजे अस्पताल पुगेकी थिइन्। 

दिउँसो उनको अवस्था चिन्ताजनक रहेको बताउँदै मेसुले रिफर गर्नुपर्ने भन्दै हेलिकोप्टरबाट काठमाडौं लैजान सल्लाह दिँदै खर्चको जोहो गर्न आफन्तलाई भनेका थिए। तर, साँझ साढे पाँच बजे गीताको मृत्यु भएकाले आवश्यक छानबिन गरिनु पर्ने सहमति पत्रमा लेखिएको छ। 

आक्रोसित आफन्तले शुक्रबार साँझ अस्पताल परिसरमा ढुंगामुढासमेत गरेका थिए। पीडित पक्ष आक्रोसमा आएपछि शुक्रबार बेलुकी केहीबेर प्रहरीसँग झडपसमेत भएको थियो। ढुंगामुढाबाट अस्पतालमा आंशिक क्षति भएको अस्पतालले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले घटनाबारे छानबिन गरेर दोषीमाथि कारबाही गर्ने सहमति दुई पक्षबीच बनेको बताए। जिल्ला समन्वय समिति प्रमुख गणेशराज भट्ट, अमरगढी नगरप्रमुख, उपप्रमुख, मृतकका आफन्तसँग शुक्रबार रातीको छलफलपछि शनिबार तीन बुँदे सहमति भएको थियो। प्रजिअ भट्टले भेन, ‘अहिले सोही सहमति अनुसार प्रदर्शन रोकिएको छ।’

पीडित पक्षको मागकै आधारमा बैतडीबाट डाक्टर ल्याएर शवको पोष्टमाटम भएको र आईतबार मात्र शव उठाउने मनसाय बनाएको वडा अध्यक्ष गोबिन्द बोहराले बताए। 

हामी असुरक्षित छौं : चिकित्सक
डडेल्धुरा अस्पताल डडेल्धुराका चिकित्सकहरुले आफूले असुरक्षित महसुस गरिरहेको बताएका छन्। शुक्रबार करिब ८ घण्टा अस्पतालको ल्याबमै थुनिएका मेसु डा.जितेन्द्र कँडेलको टिम अहिले पनि कति बेला के हुन्छ भने त्रासमा रहेको बताइएको छ। 

मध्यराती तिन घण्टा डाक्टरहरुको टोली अस्पताल छेउमा रहेको जङ्गलमा लुकेर बसेको मेसु डा. कँडेलले बताए। उनले भने, 'पेट्रोलसहितको समूह आउदै छ भन्ने खबर आयो। अनि घर जलाउछ कि भनेर नजिकैको जङ्गलमा लुकेर बस्यौं। ३ घण्टापछि प्रहरीले निवासमा ल्यायो।' 

स्वास्थ्यखबरसंग कुराकानी गर्दै मेसु डा. कँडेलले यस्तै अवस्था रहे आफूहरुले काम गर्न नस्कने बताए। 'ज्यानको सुरक्षा छैन,' उनले भने, 'कोही सडकमा पुत्ला जलाउछन्, कोही जलाइदिन्छु भन्छन्। अब डडेल्धुरा कसरी बस्ने? कसरी काम गर्ने?'

प्रकाशित मिति: शनिबार, जेठ ३२, २०७६  २१:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्