राजविराज- सप्तरीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा मोटरसाइकल चालक सुरुङ्गा नगरपालिका-१ हनुमान चौकका २५ वर्षीय रामदयाल महतोको मृत्यु भएको हो।
पुर्वपश्चिम राजमार्ग अन्तर्गत शम्भुनाथ नगरपालिका-७ स्थित मोहनपुरमा पश्चिम जाँदै गरेको लु ४९ प ९१७० नम्बरको मोटरसाइकललाई सोही दिशामा जाँदै गरेको स १ त ७९२ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो।
ट्याक्टरको ठक्करबाट महतो गम्भीर घाईते भएका थिए।
उपचारका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल भर्ना गरिएका उनको सोही क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
ट्याक्टर र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।