सुर्खेत– पाउनुपर्ने जति पारिश्रमिक नपाएको भन्दै म्यादी प्रहरीले ढुंगामुढा गरेपछि कालीकोटमा प्रहरी र म्यादी प्रहरीबीच झडप भएको छ। शुक्रबार म्यादी प्रहरीको बिदाइका क्रममा प्रहरी र म्यादी प्रहरीबीच झडप भएको हो।
म्यादी प्रहरीले प्रहरी कार्यालयमा ढुंगामुढा प्रहार गरेपछि प्रहरीले गोली प्रहार गर्दा दुई जना म्यादी प्रहरी गम्भीर घाइते भएका छन्।
म्यादी प्रहरीले आफूले पाउनुपर्ने भन्दा ५ हजार रुपैयाँ कम दिइएको भन्दै विरोध जाएका थिए। विवाद बढ्दै जाँदा प्रहरीले अश्रु ग्यासका साथै गोली चलाएको थियो। अहिले प्रहरी कार्यालय तनावग्रस्त बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।