एजेन्सी- कोपा अमेरिका फुटबलमा ब्राजिलले विजयी सुरुवात गरेको छ।
शुक्रबारबाट सुरु भएको प्रतियोगितामा बोलिभियालाई ३-० ले पराजित गर्दै ब्राजिल वियजी भएको हो। फिलिप काउन्टिन्हो एक्लैले ब्राजिलका तर्फबाट २ गोल गरेका थिए भने एभर्टनले अर्को गोल थपे।
मैदानका निकै चम्किएका काउन्टिन्हो खेलको म्यान अफ दि म्याच घोषित भए।
मोरुम्बी स्टेडियममा भएको खेलमा पहिलो हाफभर बोलिभियाले ब्राजिललाई रोकेको थियो। दोस्रो हाफपछि ५० मिनेटमा पहिलो गोल गरेका काउन्टिन्होले लगत्तै ३ मिनेटपछि अर्को गोल थपे। एभर्टनले ८५ मिनेटमा गोल गरे।
घाइते भएका कारण नेइमार भने मैदानबाहिर छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।