• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नेपालमा विदेशी लागुऔषध कारोबारीको जालो : अफ्रिकनदेखि युरोपियनसम्म, गाँजादेखि कोकिनसम्म

64x64
नेपाल लाइभ शुक्रबार, पुस ७, २०७४  १५:३८
1140x725

काठमाडौं- बुधबार नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी) ले दुई जना ठूला लागुऔषध कारोबारीलाई सार्वजनिक गर्‍यो। पक्राउ परेकामध्ये एक भारतीय र अर्का रसियन नागरिक थिए। उनीहरु दुवै पर्यटक बनेर नेपाल छिरेका थिए। 

भारतीय नम्बर प्लेटकै स्कोरपियो गाडी लिएर घुम्ने बहानामा नेपाल आएका भारतीय नागरिक रमेश कुमारले गाडीभित्र ३ हजार ५ सय एम्पुल लागुऔषध लुकाएका थिए। जुन नेपालका लागुऔषध कारोबारीलाई बिक्री गर्न ल्याइएको थियो। 

त्यस्तै रसियन नागरिक भिक्टर टिगानोभ पनि पर्यटक भिसामा नै दुई साताअघि नेपाल घुम्न भनेर आएका थिए। तर, उनको खास उद्देश्य घुम्ने नभई चरेस तस्करी गर्ने थियो। 

नेपालबाट फर्कने क्रममा च्यवनप्रासको बट्टाभित्र लुकाएर तस्करी गर्न लागेको करिब डेढ किलो चरेससहित उनलाई प्रहरीले विमानस्थलबाट २९ मंसिरमा पक्राउ गरेको हो। दुवैलाई ब्युरोले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्‍यो। 

एनसिबीका निर्देशक डिआइजी ठूले राईले भने, ‘नेपालमा विभिन्न किमिसका लागुऔषधको कारोबारमा विदेशीहरु संलग्न छन्, साउनयता मात्र १२ जना विदेशीलाई पक्राउ परे।’
 
भारतबाट मेडिकल ड्रग, नेपालबाट चरेस 
कलंकीबाट पक्राउ परेका भारतीय नागरिक रमेश कुमार ठूला लागुऔषध कारोबारी हुन्। काठमाडौंमा रहेका एजेन्टका लागि उनी लागुऔषध नेपाल लिएर आएका थिए। 

उनी जस्तै काठमाडौं नियन्त्रित मेडिकल लागुऔषध बिक्री गर्ने गिरोहहरु दैनिक पक्राउ पर्ने गरेका छन्। लागुऔषध दुर्व्यसनीहरुलाई लक्षित गरी ठूलो मात्रामा लागुऔषध राजधानी भित्रिने गर्छ, जसको स्रोत भारत हो। 

ब्युरोका अनुसार भारतीय सीमा बजारहरुमा यस्ता लागुऔषध सजिलै खरिद गर्न सकिने भएकाले मेडिकल ड्रगको कारोबार नियन्त्रणबाहिर जाने अवस्थामा छ।

Ncell 2
Ncell 2
nimb
nimb

सीमानाकाको कमजोर चेकजाँच प्रणालीका कारण भारतबाट सजिलै देशका विभिन्न सहरहरुमा लागुऔषध पुग्ने गरेको छ। जसमा कम्ती तीन तहको गिरोह संलग्न छ। जसको मुख्य गिरोहमा भारतीयहरु छन्। भारतीयमार्फत काठमाडौंका ठूला कारोबारीहरुले लागुऔषध झिकाएर साना बिक्रेता मात्र दुर्व्यसनी युवायुवतीसम्म पुर्‍याउँछन्। 

डिआइजी राईका अनुसार एक एम्पुल (तीन किसिमका लागुऔषधको सेट) लागुऔषध उनीहरुले करिब २ सय रुपैयाँमा खरिद गरेर काठमाडौंमा त्यसलाई १५ सय रुपैयाँसम्ममा बिक्री गर्छन्। नेपालमा ९० प्रतिशत दुर्व्सनीले ब्रुपिनर्फिन, डाइजेपाम र फेनारगन जस्ता लागुऔषध प्रयोग गर्दछन्। यस्ता लागुऔषध औषधि पसलमा पनि पाइन्छन् तर चिकित्सकको सिफारिसमा मात्र। तर, कतिपय फार्मेसीहरुले पैसा कमाउन दुर्व्यसनीहरुलाई पनि बेच्दै आएका छन्। 

नेपालमा यसरी ठूलो मात्रामा मेडिकल ड्रग भारतबाट भित्रँदा नेपालमा उत्पादन हुने चरेस विश्वभरि पुग्ने गरेको छ। नेपालबाट विभिन्न देशमा चरेस तस्करीमा अन्तर्राष्ट्रिय समूहहरु सक्रिय छन्। 

गत २९ गते पक्राउ परेका रसियन युवक त्यही अन्तराष्ट्रिय समूहका व्यक्ति हुन्। जसलाई नेपालबाट मोरिसससम्म चरेस पुर्‍याउने जिम्मेवारी दिइएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गत कात्तिक १६ गते नर्वेजियन नागरिक स्यान्डबोई मार्टिनलाई प्रहरीले २ किलो ८ सय ५० ग्राम चरेससहित पक्राउ गरेको थियो। उनी पनि चरेस बोक्नकै लागि नेपाल आएको प्रहरी अनुसन्धानमा खुलेको छ। 

चरेसमा हुने मदोद्दिपिन पदार्थ टेट्रा हाइड्रो क्यानाबिनोल (टिएचसी) नेपालमा उत्पादन हुने गाँजामा उच्च हुने भएकाले विश्वभर नेपालकै चरेसको माग छ। धादिङ, मकवानपुर लगायतका जिल्लाका गाँजाबाट चरेस बनाउने गरिन्छ। नेपालमा किलोको १५-२० हजारमा कारोबार हुने चरेस युरोप पुर्याएपछि १० लाख रुपैयाँसम्म कारोबार हुने गर्दछ। नेपालबाट ठूलो मात्रामा चरेस र गाँजा भारतमा पनि पठाउने गरिएको छ। 

अफ्रिकाको खातदेखि दक्षिण अमेरिकाको कोकिनसम्म 
गत कात्तिक २८ गते प्रहरीले पहिलो पटक खात नामक लागुऔषध बरामद गर्यो। सोमालियन नागरिकहरु इब्राहिम अलि हाजी र जाम अब्दिफाथी, अब्दी फहाद युसूफ ८ केजी खातसहित पक्राउ परे। उनीहरुले ‘ग्रिन टी’ भन्दै नेपाललाई ट्रान्जिट बनाएर युरोपियन देशमा खात लैजान लागेका थिए। उक्त खात अफ्रिकाको इथियोपियाबाट नेपाल ल्याइएको थियो। नेपालबाट कार्गोमार्फत युरोप पठाउने तयारी गर्दा प्रहरीले पक्राउ गरेको हो। 

त्यस्तै असोज ६ गते एनसिबीले ठमेलबाट भारतीय महिला कामर जहान र बोलिभियन अनिज लोपेज अधेमारलाई कोकिनसहित पक्राउ गर्यो। २ किलो ७ सय ग्राम कोकिनसहित उनीहरु पक्राउ परे। बोलिभियन नागरिक ब्राजिलबाट दुबई हुँदै नेपाल आएका थिए। सो लागुऔषध भारत लैजान लागिएको थियो। 

दक्षिण अमेरिकन देशहरुमा उत्पादन हुने कोकिन पटक पटक नेपालमा बरामद हुने गरेको छ। नेपालमा माग भएर नभई ट्रान्जिटका रुपमा प्रयोग हुँदै आएको एनसिबीका डिआइजी राई बताउँछन्।
 
हेरोइन कारोबार घट्यो 
नेपालमा ३ वर्षअघि हरेक महिनाजसो हेराइनसहित विदेशीहरु पक्राउ पर्दथे। तर, अहिले हेराइन कारोबार घटेको छ। विदेशीहरु कोकिनसहित पक्राउ पर्न थालेका छन्। 

अफगानिस्तान तथा पाकिस्तानबाट नेपाल हुँदै विश्वबजारमा हेराइन तस्करी हुने गरेमा त्यो ट्रेन्ड परिवर्तन भएको एनसिबीका प्रहरी अधिकारीहरु बताउँछन्।

‘हेरोइनको त्यती कारोबार देखिँदैन,’ डिआइजी राई भन्छन्, ‘नेपालमा पनि हार्ड ड्रगका एडिक्टहरु मेडिकल ड्रगतर्फ लागे भन्ने छ।’ कोकिन भने ट्रान्जिटका रुपमा मात्र आउँछ। कोकिनका दुर्व्यसनीहरु नेपालमा छैनन्।  

किन आउँछ कोकिन? 
अन्तर्राष्ट्रिय लागुऔषध कारोबारीहरुले नेपाललाई ट्रान्जिटका रुपमा प्रयोग गर्नुमा ३/४ वटा कारण छन्। 

पहिलो कारण भनेको लागुऔषध मुद्दामा कमजोर सजाय हो। नेपालमा पक्राउ परे पनि अधिकतम १५ वर्षसम्म मात्र कैद सजाय हुन्छ। कतिपय देशमा फाँसीको समेत सजाय छ। त्यसकारण दक्षिण अमेरिकन देशमा उत्पादन हुने कोकिन नेपाल ल्याएर युरोप पुर्‍याउने गरिन्छ। पक्राउ परे पनि कम सजाय हुने भएकाले उनीहरुले नेपाललाई कारोबारका रुपमा रोज्ने गरेका हुन्। 

त्यस्तै नेपालको सुरक्षा कमजोर आँकलन गरेर पनि उनीहरुले नेपाललाई दुरुपयोग गर्दै आएका छन्। नेपालबाट उनीहरुले पटकपटक तस्करी गर्न सफल हुँदै आएका छन्। 

डिआइजी राई भने नेपाल पर्यटकीय गन्तव्य भएकाले पर्यटकका रुपमा आउन सजिलो हुने भएकाले पर्यटक बनेर लागुऔषध कारोबारीहरु आउने गरेको बताउँछन्। ‘नेपालमा धेरै ठूलो मात्रामा लागुऔषधको कारोबार भएको छैन,’ उनी भन्छन्, ‘तर ट्रान्जिटका रुपमा भने नेपालको भूमि दुरुपयोग रोकिएको छैन।’ 

खासगरी विमानस्थलको पुरातन सुरक्षा प्रणाली र लागुऔषध कारोबार नियन्त्रणमा अन्तर्राष्ट्रिय समन्वय अभावले नेपाललाई अन्तर्राष्ट्रिय समूहले ट्रान्जिटका रुपमा दुरुपयोग गर्दै आएका छन्। 

प्रकाशित मिति: शुक्रबार, पुस ७, २०७४  १५:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनआरएन नेताहरूले नेपाल सरकारलाई गरे डीएनए किट हस्तान्तरण
मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल
स्थानीय तहका उम्मेदवार कार्यकर्ताको डिजिटल मतदानबाट छानिने, पहुँचका आधारमा टिकट नदिइने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एनआरएन नेताहरूले नेपाल सरकारलाई गरे डीएनए किट हस्तान्तरण सोमबार, कात्तिक ९, २०८३
मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल सोमबार, कात्तिक ९, २०८३
स्थानीय तहका उम्मेदवार कार्यकर्ताको डिजिटल मतदानबाट छानिने, पहुँचका आधारमा टिकट नदिइने सोमबार, कात्तिक ९, २०८३
आठ शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला बनाउने सरकारको योजना सोमबार, कात्तिक ९, २०८३
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथग्रहण कात्तिक १२ मा सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी आइतबार, कात्तिक ८, २०८३
आज मौसम सफा रहने, बिहीबारदेखि हिमपात र वर्षाको सम्भावना सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्