हुम्ला- हुम्लाको खार्पुनाथ गाउँपालिका–२ मा रहेको शंकर आधारभूत विद्यालयमा चार वटा विषयको पठनपाठन ठप्प भएको छ। गएको चैतदेखि शिक्षक उपस्थित नहुँदा चार विषयको पठनपाठन नहुँदा विद्यार्थीले विद्यालय तालाबन्दी गरेका छन्।
खार्पुनाथ गाउँपालिकाले खटाएको शिक्षक र स्थायी शिक्षकसमेत विद्यालयमा नियमित उपस्थित नभएपछि विद्यार्थी/अभिभावकले बिहीबार विद्यालय तालाबन्दी गरेको कक्षा ८ का विष्णुदेवी रावलले जानकारी दिइन्। छात्रा रावलका अनुसार नयाँ शैक्षिक शत्र सुरु भएको एक महीनापछि विद्यालयमा नैतिक, सामाजिक गणित, विज्ञान, विषयको पठनपाठन भएको छैन।
विद्यालयका प्रधानाध्यापक बिर्खबहादुर छत्यालले भने विद्यालयमा गाउँपालिकाले शिक्षक खटाए पनि काजमा गएका कारण पठनपाठनमा केही समस्या आएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।