दाङ- दाङकाे लमहीबाट सहायक वन अधिकृत रामज्ञाप्रसाद साह २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई सेवाग्राहीसँग घुस लिँदै गर्दा लमहीको एक पसलबाट पक्राउ गरेको हो। उनी डिभिजन वन कार्यालय बेलामा कार्यरत थिए।
सामुदायिक वन दर्ता सिफारिस गरिदिएवापत घुस रकम लिने क्रममा पक्राउ परेकाे अख्तियार स्राेतले जनाएको छ। साहलाई अनुसन्धानकाे लागि अख्तियार दुरुपयोग अनुसन्धान आयाेग क्षेत्रीय कार्यालय नेपालगञ्जले नियन्त्रणमा राखेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।