काठमाडौं– बैदेशिक रोजगारपछि कतारबाट नेपाल फर्किएका एक युवक काठमाडौैैंको विमानस्थलकै छेउमा लुटिएका छन् । होटल जान एयरपोर्टमा ट्याक्सी चढेका मोरङ, गोलाप्रासी घर भएका प्रदिप सिग्दार ट्याक्सी चालककै योजनामा बिहिबार लुटिएका हुन्।
उनको ५० ग्रामको सुनको बाला, २ वटा घडी र अन्य सामान रहेको लगेज बा.२ ज ४२१४ नम्बरको ट्याक्सी चालक कृष्ण बहादुर पहरी र तिलगंगा स्थित सिताराम गेष्टगाउस संचालक अरुणले लुटेका हुन् । दुवै जनालाई प्रहरी पक्राउ गरेको छ।
उनीहरुले बिहीबार सिग्दारलाई एयरपोर्टबाट गेष्ट हाउसतर्फ लिइ गएकोमा गेष्ट हाउस नलगी बाटोमा छोडेर उक्त सामान भएका व्याग लिएर भागेको पीडितले जनाएके छ । पीडितले एयरपोर्ट प्रहरीमा घटनाको निबेदन दिए पश्चात सिसीटिभी फुटेजको मद्धतबाट ट्याक्सी चालक र गेष्टहाउस संचालकलाई पहिचाहन गरी पक्राउ गरेको हो । करिब २ लाख रुपैयाँ बराबरको सुन भएको खुलेपछि उनीहरुले लगेज लुटेको अनुसन्धानमा खुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।