काठमाडौं- निर्वाचनमा पराजित भएपछि नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले दर्ता गरेको रिटमा सुनुवाइ हुँदैछ।
तनहुँ क्षेत्र नम्बर २ को प्रदेश ‘क’ मा उम्मेदवार बनेका पौडेल ५ मतको झिनो मतान्तरले नेकपा माओवादी नेतृ तथा बिनाविभागीय मन्त्री आशा कोइरालासँग पराजित भएका थिए। कोइरालाले १६ हजार ६ सय ४६ मत पाउँदा पराजित पौडलले १६ हजार ६ सय ४१ पाएका थिए।
बदर मतलाई समेत गणना गर्दै आफूलाई पराजित घोषणा गरेकाले पुन: मतगणना हुनुपर्ने माग पौडेलले गरेका छन्।
पौडेल लोकतान्त्रिक गठबन्धनको तर्फवाट उम्मेदवार बनेका थिए भने कोइराला वाम गठबन्धनबाट चुनाव लडेकी थिइन्। कोइराला यसअघि समानुपातिकबाट सांसद बनेकी थिइन्। पौडल नेपाल विद्यार्थी संघका पूर्व सभापतिसमेत हुन्।
कांग्रेस उम्मेदवार पौडेलले हालसम्मको चुनाव बदर गरी पुनः मतदानको माग गर्दै निर्वाचन अधिकृतसमक्ष पनि निवेदन दिएका थिए। तर निर्वाचन आयोगले अस्वीकार गरेपछि उनी सर्वोच्चसम्म पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।