काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) तीनकुनेस्थित बागमती नदीमा निर्माणाधीन पुलमा ठेकेदारको चरम लापरबाही, निर्माण रोक्न दिएको निर्देशन उल्लंघन गर्ने पप्पुलाई कारबाही गर्नुपर्ने विकास समितिको ठहर।
२) नेपाल र युएईबीच श्रम समझदारी, नेपाली श्रमिकहरुलाई युएईकै नागरिकसरह सेवासुविधा र पारिश्रमिक दिइने।
३) सरल कर्जामा सूचीकृत युवाको गुनासो– सरकारले आश मात्रै देखायो, ४ महिना धाउँदा पनि ऋण दिएन।
४) चेल्सी छाडेर युभेन्ट्स गए सारी, युभेन्ट्स र सारीबीच क्षतिपूर्ति रकमसहित ५० लाख मिलियन पाउन्डमा सम्झौता।
५) मोदी–सी मिलापः एकअर्कालाई ‘खतरा नपुर्याउने’, मोदी र इमरान एकै ठाउँ बसे, तर बोलेनन्।
अब हेरौं पुरा समाचारः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।