काठमाडौं– आइसिसी क्रिकेट विश्वकपमा वेस्ट इन्डिजले इंग्ल्यान्डलाई २१३ रनको लक्ष्य दिएको छ। साउथह्याम्टनमा टस जितेको घरेलु टिम इंग्ल्यान्डले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ४४.४ ओभरमा २१२ रनमा अलआउट भयो।
वेस्ट इन्डिजका लागि निकोलास पूरानले ६३ रन जोडे। उनले ७८ बलमा ३ चौका र १ छक्का हिर्काए। ओपनर क्रिस गेल ४१ बलमा ३६ रन जोडेर आउट भए। अर्का ओपनर इभिन लेविस २ र साइ होप ११ रनमा आउट उ। शिमरोन हेडमेयरले ३९ रन जोड्दा कप्तान जासन होल्डर ९ रनमै आउट भए। आन्द्रे रसेलले १६ बलमा २१ रन र कार्लोस बाथवेटले २२ बलमा १५४ रन बटुले। पुछारका तीन ब्याट्सम्यान शून्यमा आउट भए।
बलिङमा इंग्ल्यान्डका जोफ्रा आर्चर र मार्क उडले ३–३ विकेट लिए। जोए रुटले २ विकेट हात पार्दा क्रिस ओएक्स र लियाम प्लुङ्केट समान १–१ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।