सुर्खेत- सुर्खेतमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा वडासचिवसहित २ जनाको मृत्यु भएको छ। वीरेन्द्रनगरको ऐरीचोकमा अटोले ठक्कर दिँदा सोही नगरपालिका वडा नम्बर २ का सचिव नारायणदेव गिरीको मृत्यु भएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मूलपानीबाट ऐरीचोकतर्फ गइरहेको भे१ह ३८७४ नम्बरको अटोले भे७प १८३४ नम्बरको गिरी सवार मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करले उनी गम्भीर घाइते भएका थिए। प्रदेश अस्पताल कालागाउँ पुर्याएलगत्तै वडासचिव गिरीको बिहीबार राति नै मृत्यु भएको थियो।
प्रहरीले अटो चालक दीपकबहादुर साउदलाई नियन्त्रणमा लिइसकेको छ।
त्यसैगरी बाङ्गेसिमल–बड्डीचौर सडकखण्डको गिरिघाटमा भे१त ५२८८ नम्बरको ट्याक्टर आज अनियन्त्रित भई सडक किनारामा पल्टिँदा सहचालक रामबहादुर नेपालीको मृत्यु भएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।