काठमाडौं– माउरिजियो सारी इटालियन च्याम्पियन युभेन्ट्सको प्रशिक्षकको रुपमा आवद्ध हुने भएका छन्। उनलाई इंग्लिस क्लब चेल्सीले युभेन्ट्समा आवद्ध हुन अनुमित दिएको हो।
युभेन्ट्स र सारीबीच क्षतिपूर्ति रकमसहित ५० लाख मिलियन पाउन्डमा सम्झौता भएको छ। सारी जुलाई २०१८ मा इटालियन क्लब नापोलीबाट चेल्सी आएका थिए। चेल्सीले सिजनको प्रिमियर लिगमा तेस्रो स्थानमा हात पारेको थियो।
६० वर्षीय सारीको रणनीतिलाई लिएर पछिल्लो समय आलोचना हुने गरेको छ। खेलाडी छनोट र रणनीतिमा कतिपय समर्थकले आक्रोस व्यक्त गरेका थिए।
गत फेब्रुअरीमा गोलकिपर केपा अरिजाबालागाले सब्सिच्युसन गर्ने सारीको निर्णयलाई अस्विकार गरिदिएका थिए। काराबाओ कपअन्तर्गत म्यानचेस्टर सिटीविरुद्धको उक्त फाइनलमा चेल्सी पराजित भएको थियो।
यद्यपी चेल्सीले आर्सनललाई ४–१ लाई पराजित गरेर युरोपा लिगको उपाधि जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।