काठमाडौं– निर्वाचन आयोगले प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको सिट संख्या बाँडफाँट आज टुङ्गो लगाउने भएको छ।
सो सभाको समानुपातिकको अन्तिम सिट संख्या हिजो नै सार्वजनिक गर्ने तयारी भए पनि समय अभावका कारण आजको लागि सरेको थियो।
आयोग सहसचिव समेत रहेका प्रवक्ता नवराज ढकालले समानुपातिक इकाइले हिजो लगभग आफ्नो काम सकिसकेका कारण सिट संख्या आज टुंगो लाग्ने बताए। 'हिजो लगभग काम सकिइसकेको छ', उनले भने, 'आज आयोगले एउटा निर्णय गरेर एघार बाह्र बजेतिर त्यसलाई टुंगो लगाउने छ।'
प्रतिनिधिसभाको सिट संख्या टुंगो लगाउन भने अझै केही दिन लाग्ने छ। प्रदेशसभाका लागि समानुपातिकतर्फ सिट पाउन कुल सदर मतको न्युनतम १ दशमलव ५ प्रतिशत मत पाउनुपर्ने व्यवस्था छ।
मंसिर १० र २१ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष तर्फको मतपरिणाम आइसकेको छ।
७ वटा प्रदेशमा दलहरुले प्रत्यक्षतर्फ पाएको सिट संख्या यस्तो छ–
प्रदेश १
नेकपा एमाले ३६
माओवादी १०
कांग्रेस ८
संघीय समाजवादी फोरम १
स्वतन्त्र १
प्रदेश २
राजपा १५
संघीय समाजवादी फोरम २०
एमाले १३
कांग्रेस ८
माओवादी ७
स्वतन्त्र १
प्रदेश ३
नेकपा एमाले ४२
माओवादी १५
कांग्रेस ७
नेमकिपा १
नयाँ शक्ति १
प्रदेश ४
एमाले १७
माओवादी ९
कांग्रेस ६
जनमोर्चा २
नयाँ शक्ति १
स्वतन्त्र १
प्रदेश ५
एमाले २८
माओवादी १४
कांग्रेस ७
फोरम ३
प्रदेश ६
एमाले १४
माओवादी ९
कांग्रेस १
प्रदेश ७
एमाले १७
माओवादी १०
कांग्रेस ४
राजपा १
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।