काठमाडौं– महानगरीय प्रहरी प्रभाग नागढुंगाले अवैध लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई पक्राउ गरेको छ।
प्रहरीले बिहीबार नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको ना ६ ख २९४१ नम्बरको यात्रुबाहक सवारीसाधनलाई नागढुंगामा जाँच गर्दा ब्राउनसुगर सहित ४ जना पक्राउ परेका हुन्। नेपालगञ्ज उपमहानगरपालिका–६ का रविन थापा र सोही उपमहानगरपालिका– १३ का विवेक बस्नेत ३२ दशमलव ६५ ग्राम ब्राउनसुगरसहित पक्राउ परेका हुन्।
सोही घटनामा संलग्न बानेश्वर बस्ने नेपालगञ्जकै शशांक मल्ल र विशाल रञ्जितलाई पनि कलंकीबाट प्रहरीले पक्राउ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।