जिरी– दोलखाको जिरी–८ स्थित श्री ठूलो चौर प्राथमिक विद्यालयका विद्यार्थीलाई युक्त ग्रुप फाउन्डेसनले पाठ्यसामग्री सहित विद्यालय पोसाक सहयोग गरेको छ।
फाउन्डेसनले बिहीबार विद्यालयमा विद्यार्थीलाई पाठ्यपुस्तक, कापी, सिसाकलमसहित विद्यालय पोसाक हस्तान्तरण गरेको हो। फाउन्डेसनको ‘एजुकेटिङ नेपाल’ कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययनरत ५१ जना विद्यार्थीलाई आवश्यक सहयोग गरिएको फाउन्डेसनका महासचिव दिपेश तामाङले जानकारी दिए।
उनका अनुसार विद्यार्थीलाई डिजिटल पठन पाठनमा सहयोग मिलोस भनेर कम्प्युटर, लेड स्क्रिन र प्रिन्टर समेत सहयोग गरीएको छ।

‘विद्यार्थीलाई ड्रेस, जुत्ता, ब्यागसहित विद्यालयमा अतिरिक्त क्रियाकलापका लागि खेलकुदका सामग्री समेत प्रदान गरिएको छ,’ उनले भने, ‘यो विद्यालयलाई नमुना बनाउने लक्ष्यसहित हामी आगामि दिनमा पनि आवश्यक सहयोग गर्दैजानेछौं।’ उनका अनुसार फाउन्डेसनले अर्को चरणमा विद्यालयमा पुस्तकालय बनाउने भएको छ।
सहयोग हस्तान्तरण कार्यक्रममा फाउन्डेसनका अध्यक्ष दजिमा शेर्पा, उपाध्यक्ष छिरिङ शेर्पा महासचिव दिपेश तामाङ, सचिव सफल मगर, कोषध्यक्ष जिवेश महर्जन लगायतको उपस्थिती थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।