काठमाडौं– फिल्म ‘मन त परदेशी’ पौष १४ मा रिलिज हुने भएको छ । रिलिजको लागि केही दिनबाकि रहँदा निर्माण पक्षले पत्रकार भेटघाट गरेको छ । भेटघाटमा निर्माण पक्षले फिल्मको बारेमा जानकारी दिएको छ । रोजगारीको लागि अरबी मुलुक पुग्दै गर्दा नेपाली युवाहरुले झेल्न पर्ने र झेल्दै आएका पीडाहरुलाई उठान गर्दै निर्माण गरिएको फिल्मलाई देव नेपालले निर्देशन गरेका हुन् । पत्रकार भेटघाटमा निर्माता दुर्गा बहादुर खड्का, अभिनेता दिपेशराज पाण्डे र अभिनेत्री समिता गिरि उपस्थित थिए ।
‘फिल्ममा विदेशी भूमिमा भोग्ने पिडालाई देखाएका छौं,’ निर्माता खड्का भन्छन्, ‘फिल्म हेरिरहदा आफ्नै कथा महसुश हुन्छ ।’ यस्तै फिल्मले शन्देश मात्र नभई मनोरञ्जन पनि दिने दिपेश बताउँछन्।
फिल्ममा दिपेशराज पाण्डे, समिता गिरी, विक्रम क्षेत्री, रेनु शर्मा, रमिला आचार्य, किशोर खतिवडा, राम बुढाथोकी, रमेश, जोन्नी लगायतका कलाकारहरुको अभिनय छ । फिल्म मार्फत समिता पनि आशावादी छिन्। ‘बाहिर भएको शो मार्फत राम्रो प्रतिक्रिया पाएकी छु,’ समिता भन्छिन् । दुर्गा बहादुर खड्का र भुवन शर्मा कंडेलले निर्माण गरेको फिल्मलाई मर्भुमी नारायण र राजेन्द्र कुमार थापाले खिचेका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।