काठमाडौं– युट्युबर प्रनेश गौतम हाजिरी जमानीमा रिहा भएका छन्। उनलाई बिहीबार साँझ रिहा गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।
फिल्म 'वीरविक्रम २' को समीक्षाको नाममा फिल्मको व्यापार चौपट हुनेगरी बोलेको र केही अश्लिल शब्द प्रयोग भएको भन्दै फिल्मका निर्देशक मिलन चाम्सले उजुरी हालेका थिए। चाम्सको उजुरीको आधारमा महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई पक्राउ गरेको थियो।
गौतम पक्राउको चौतर्फी आलोचना समेत भएको थियो। हिरासत बसेको केही दिनमा उनी बिहीबार रिहा भएका हुन्।
अब प्रहरीले बोलाएका बेला उनी प्रहरी कार्यालय पुग्नुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।