कञ्चनपुर– जेसिबीले अटोरिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिकामा शुक्रबार बिहान जेसिबीले अटोरिक्सालाई ठक्कर दिँदा त्यसमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
महेन्द्रनगरबाट गड्डाचौकी जाँदै गरेको से१क ७३३ नम्बरको जेसिबीले विपरीत दिशाबाट आउँदै गरेको म१ह ७६३ नम्बरको अटोरिक्सालाई ठक्कर दिएको थियो।
उक्त दुर्घटनामा परेर अटोरिक्सामा रहेका तीन जनाको मृत्यु भएको डिएसपी ज्ञान विष्टले जानकारी दिए। दुई जना पुरुष र एक जना महिलाको दुर्घटनामा परेर मृत्यु भएको छ।
घाइतेको तीन जनाको अञ्चल अस्पतालमा उपचार भइरहेको छ। तीन जनाको उपचार भइरहेको अस्पतालका इमर्जेन्सी इन्चार्ज गोपाल पन्तले जानकारी दिए।
दुर्घटनामा घाइते भएका चार जनामध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।