सान्ता मोनिका (एजेन्सी)– चर्चित हलिउड नायक सिल्भेष्टर स्टालोनविरूद्ध एक महिलाले यौन उत्पीडनकोे आरोप लगाएकी छिन्। र्याम्बो फिल्मबाट चर्चित बनेका ७१ वर्षीय नायकमाथि सन् १९९० मा बलात्कार गरेको आरोपसहित सान्ता मोनिका पुलिस स्टेशनमा एक महिलाले मुद्धा दायर गरेकी हुन्।
टिएमजीका अनुसार स्टालोनले १९९० मा आफ्नो कार्यालयमा बैठक गर्ने बहानामा आफूमाथि कूकर्म गरेको आरोप लगाएकी हुन्। स्टालोनविरूद्ध एक महिलाले १९८६ मा १६ वर्षको हुँदा बलात्कार गरेको आरोप लगाएको केही समयपछि नै अर्को मुद्धा दायर भएको हो।
स्टालोनले भने आफूमाथि लागेको आरोप अस्विकार गरेका छन्। स्टालोनका वकिलले आफ्नो ‘क्लाइन्ट’ले झुटो रिपोर्ट दर्ता गरेको आरोपमा उल्टै मुद्धा दर्ता गर्ने महिलालाई पक्राउ गर्न आग्रह गरेका छन्। उनले मुद्धा दायर गर्ने महिलालाई आफूले चिनेको र दुबैले १९८७ मा इजरायलमा सँगै तीन दिन बिताएको बताएका छन्।
उनले ती महिलासँग आफ्नो परिचय कसरी भयो भन्ने बताउन अस्विकार गरे। तर, बलात्कारको आरोपप्रति गम्भीर असहमती राखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।