स्याङ्जा– हत्या गरेको आरोपमा प्रहरीले रूपन्देही देवदह–१० घर भई हाल भीरकोट नगरपालिका–१ बस्ने लेखबहादुर सूर्यवंशीलाई पक्राउ गरेको छ।
जेठ २७ गते स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ का ५५ वर्षीय राजेश अधिकारीको शव भीरकोट नगरपालिका–१ स्थित मुल्की चौपारीमा भेटिएको थियो। अधिकारीलाई मृत अवस्थामा भेटेपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख राजकुमार लम्सालसहितको टोलीले घटनाका बारेमा अनुसन्धान थालेको थियो।
गण्डकी प्रदेश प्रहरी कार्यालयको तालिमप्राप्त कुकुरको सङ्केतको आधारमा अनुसन्धान गर्दै जाने क्रममा जेठ २६ गते राति राजेश अधिकारीले काम गरेको पैसा माग्दै तथानाम गाली गरेको र आफ्नो आत्मसम्मानमा चोट पुर्याएको भन्दै हथौडा र काठको चिर्पट प्रहार गरी घाइते बनाएर छोडेकाले अधिकारीको मृत्यु भएको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए।
हत्या आरोपमा पक्राउ परेका सूर्यवंशीलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानकार्य अगाडि बढाएको प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।