काठमाडौं– आइसिसी क्रिकेट विश्वकप २०१९ अन्तर्गत भारत र न्युजिल्यान्डबीचको खेल वर्षाका कारण रद्द भएको छ।
ट्रेन्ट ब्रिजमा बिहीबार तय खेलको टस नै नगरी रद्द भएको हो। स्थानीय समयअनुसार दिउँसो ३ बजेसम्म वर्षा भएको थियो। त्यसपछि खेल रद्द हुँदा दुवै टिमलाई १–१ अंक प्रदान गरियो।
अंक तालिकाको शीर्ष स्थानमा रहेको न्युजिल्यान्ड ४ खेलबाट ७ अंक जोडेर शीर्ष स्थानमा छ। दोस्रो स्थानको अस्ट्रेलियाको ४ खेलबाट ६ अंक छ। भारत ३ खेलबाट ५ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ। आयोजक इंग्ल्यान्ड ३ खेलबाट ४ अंकसहित चौथो स्थानमा छ।
जारी विश्वकपमा चौथो पटक खेल वर्षका कारण रद्द भएको हो। यसअघि बंगलादेश र श्रीलंकाबीचको खेल रद्द भएको थियो। दक्षिण अफ्रिका र वेस्ट इन्डिज तथा पाकिस्तान तथा श्रीलंकाबीचको खेल पनि वर्षा वाधक बनेको थियो। एकै विश्वकपमा चार खेल रद्द भएको यो पहिलो पटक हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।