काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) सबैखाले सार्वजनिक सवारीमा लागू हुने गरी १२ प्रतिशत भाडा वृद्धि, असार १ बाट रात्रिकालीन बस सञ्चालन हुने
२) धर्म प्रचारका संस्थामा सहभागी हुने सरकारले नेपाली संस्कृति परम्परामा ठेस पु¥याएको कांग्रेसको आरोप, गुठी आन्दोलनले सरकार नभई व्यवस्था नै ढल्ने आशंका
२) कांग्रेस जागरण अभियानको निचोडः सरकारप्रति विकर्षण, कांग्रेसमा आकर्षण, भदौ २४ गतेबाट दोस्रो चरणको अभियान सुरु हुने
४) रियलले भित्र्यायो फ्रान्सका मेन्डेलाई, ५४ मिलियन डलरमा अनुबन्धन, सिजनमा सम्झौता गर्ने तेस्रो खेलाडी
५) र, दक्षिण एसियामा धुम्रपानभन्दा खतरनाक वायु प्रदूषण, भारतमा मात्रै १२ लाखको मृत्यु ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।