काठमाडौं–पछिल्लो राजनीतिक अवस्थाको समिक्षा गरी नयाँ रणनीति बनाउन नेकपा(एमाले)ले स्थायी कमिटीको बैठक बोलाएको छ । पार्टीका उपाध्यक्ष बामदेव गौतमको भैसेपाटीस्थित घरमा शुक्रबार दिउसो बैठक बोलाइएको हो ।
प्रतिनिधिसभाको निर्वाचनपछि एमालेले पहिलोपटक स्थायी कमिटीको बैठक डाकेको हो । बैठकमा आगामी रणनीति र माओवादी केन्द्रसँगको पार्टी एकताबारे छलफल हुने नेता कृष्णगोपाल श्रेष्ठले बताए । प्रतिनिधिसभा निर्वाचनबाट सबैभन्दा ठुलो पार्टी बनेको एमालेले सरकार गठन विषयमा समेत छलफल गर्न लागेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।