काठमाडौं– फ्रेञ्च राष्ट्रिय फुटबल टिमका 'फुल ब्याक' फेर्ल्यान्ड मेन्डे स्पेनिस महारथी रियल म्याड्रिडमा आबद्ध भएका छन्। उनी फ्रेञ्च क्लब लियोनबाट ५४ मिलियन डलरमा रियलमा आबद्ध भएका हुन्।
ट्रान्सफर विन्डोमा रियलमा आबद्ध हुने तेस्रा खेलाडी हुन्। यसअघि लुका जोभिक र इडिन हजार्डलाई रियलले भित्र्याएका हुन्। जोभिक फ्रान्सफर्ट र हजार्ड चेल्सीबाट रियल आएका हुन्।
मेन्डे आगामी बुधबार रियलको घरेलु मैदानमा गेन्छन्। २४ वर्षीय मेन्डेले लियोनका लागि ७९ खेल खेलेका थिए। जसमा उनले ३ गोल गरेका थिए। गत सिजनको फ्रेञ्च लिग वानमा लियोनले तेस्रो स्थान हात पारेको थियो।
उनले फ्रान्सका लागि तीन क्याप जितेका छन्। गत नोभेम्बरमा राष्ट्रिय टिममा डेब्यू गर्दा उनले बेन्जामिन मेन्डेलाई प्रतिस्थापन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।