सिन्धुली- सिन्धुलीमा स्कुल बसको झ्यालबाट टाउको निकाल्दा एक बालकको मृत्यु भएको छ।
सुनकोशी गाउँपालिका–५ मुलकोट भोटेखोलाको पुलस्थित बिपी राजमार्ग सडकखण्डमा सो दुर्घटना भएको हो। रातामाटाबाट मुल्कोटतर्फ जाँदै गरेको स्कुल बसको झ्यालबाट टाउको निकाल्दा प्रगतिशील माध्यमिक विद्यालय रातामाटामा कक्षा ९ मा अध्ययनरत रामेछाप खाडादेवी गाउँपालिका–३ का १४ वर्षीय रमिस श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
प्रहरीका अनुसार रमिसले बसको झ्यालबाट टाउको बाहिर निकालेका थिए। सो अवस्थामा भोटेखोला लेखेको बोर्डमा टाउको ठोक्किँदा उनको घटनास्थलमै मृत्यु भएको हो। घटनापछि बस प्रहरीको नियन्त्रणमा रहेको छ। (प्रतीकात्मक तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।