बझाङ- बझाङमा मोटरसाइकल दुर्घटना हुँदा वडासदस्य गम्भीर घाइते भएका छन्।
बिहीबार जयपृथ्वी नगरपालिका-७, छयालाका वडासदस्य नरबहादुर महर से१व ११७७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका हुन्। वडा नम्बर ७ का अध्यक्ष हरिचन्द्र जोशीसमेत घाइते भएका छन्।
महरकोे टाँउको र छातीमा गम्भीर चोट लागेको पत्रकार दिपकराज जोशीले बताए। उनले भने, 'घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो। जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर बोलाइएको छ।' घाइते वडाध्यक्षको भने जिल्ला अस्पतालमै उपचार भइरहेको छ।
दुर्घटना भएको मोटरसाइकल जयपृथ्वी नगरपालिका ७ नम्बर वडा कार्यालयको रहेको प्रहरीले जनाएको छ।
जयपृथ्वी नगरपालिका-७, सुवेडामा मोटरसाइकल सिक्ने क्रममा दुर्घटना भएको ट्राफिक प्रहरी मोहन चन्दले बताए। उनले भने, 'मोटरसाइकल सडकबाट झण्डै २० मिटर तल खसेको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।