डडेल्धुरा- डडेल्धुरामा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ।
जिल्लाको परशुराम नगरपालिका-३ मार्कु बस्ने इश्वर भाटकी १३ बर्षीय छोरी संगिता भाटको बुधबार बिहान ७ बजे चट्याङ लागेर ज्यान गरेको ईलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरिक्षक इश्वरीदत्त पाण्डेयले बताए।
बुधबार बिहान विद्यालय जाने तयारीमा रहेको बेला चट्याङ लागेर घाईते भएकी छात्रालाई जोगबुडा अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरिक्षक पाण्डेयले जनाए।
मुतक किशोरी भागेश्वर मावि कक्षा ८ मा अध्ययनरत थिईन्।
प्रहरी निरीक्षक पाण्डेयका अनुसार चट्याङ लागेर सोही ठाउँका अन्य तीनजना घाइते भएका छन्। ४० वर्षीय भरत विष्ट, ५० वर्षीय महादेव भट्ट र १५ वर्षीया मीना भाट घाइते रहेका छन्।
मीना मृतक संगीताकी दिदी हुन्। घाइते ध्ये भरतको अवस्था गम्भीर रहेको उनले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।