• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, असार ७, २०८२ Sat, Jun 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज
'सुरक्षित वैदेशिक रोजगारीका लागि सूचना व्यवस्थापन प्रणालीको पहुँच विस्तार हुनुपर्छ'
64x64
नेपाल लाइभ बुधबार, जेठ २९, २०७६  २१:२८
1140x725

काठमाडौं- वैदेशिक रोजगारीका क्षेत्रमा काम गर्दै आइरहेका विभिन्न सरोकारवालाले सुरक्षित वैदेशिक रोजगारीका लागि सरकारले कार्यान्वयनमा ल्याएको वैदेशिक रोजगार व्यवस्थापन प्रणाली (एफईआईएमएस) लाई आम जनताको पहुँचमा लैजानु पर्ने बताएका छन्।  

आप्रवासीहरुको सम्बन्धमा काम गर्दै आइरहेका विभिन्न संस्थाहरुको छाता संगठन सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले एफईआईएमएस प्रणाली भनेको के हो? यसको प्रयोग र उपयोगिताका बारे आम जनतालाई कसरी सुसुचित गराउने भन्ने विषयमा बुधबार राजधानीमा एक जानकारीमुलक कार्यक्रम आयोजना गरिएको थियो। 

आप्रवासी कामदारका हकहितका सम्बन्धमा काम गर्दै आइरहेका विभिन्न सामाजिक संघ संस्थाहरुका प्रतिनिधिहरुले कार्यक्रममा वैदेशिक रोजगार व्यबस्थापन प्रणाली सरकारले कार्यान्वयनमा ल्याएपनि त्यसको पहुँच आम जनतामाझ पुर्याउन नसक्दा युवाहरु ठगिने क्रम नरोकिएको टिप्पणी गरेका छन्। 

वैदेशिक रोजगारीमा जाने सबै कामदारहरुलाई एफईआईएमएस् प्रणालीको प्रयोग बारे  जानकारी नभएकाले सो प्रणालीबारे प्रचारप्रसार बढाई थप सहज बनाउन पहल गरिनुपर्ने धारणा उनीहरुले उल्लेख गरिएका छन्। 

आप्रवासी नेपाली समन्वय समिति पीएनसीसीका अध्यक्ष कुलप्रसाद कार्कीले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीको उपयोगीता र प्रयोगबारे आम जनतामाझ जानकारी पुर्याउन सके सुरक्षित वैदेशिक रोजगारीको परिकल्पना गर्न समय नलाग्ने बताए। 

उनले भने, ‘वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली मार्फत, आफ्नो श्रम स्विकृति भएको वा नभएको, कुन कामका लागि आफूलाई रोजगारीमा पठाइने भनेर म्यानपावरले सुनाएको छ सो काम हो वा होइन, तलब कति हो सबै कुरा यसै प्रणालीमार्फत नै जानकारी हुने हुँदा कामदारहरु ठगिने समस्या रहँदैन, कामदार आफैँ सचेत रहन्छन्।’

'सरकारले अघि सारेको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली श्रमिकहरुको हकहितमा निकै महत्वपूर्ण रहेपनि यो प्रणालीको प्रयोग गर्ने तरिकाका सम्बन्धमा आम युवाहरुमा जानकारी नहुँदा समस्यामा पर्ने सम्भावना बढ्ने भन्दै यस प्रणालीमार्फत पाइने जानकारीहरु तथा प्रयोग तरिकालाई आम जनतामाझ पुर्याइनुपर्ने सरोकारवालाहरुले जोड दिएका थिए। 

वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले वैदेशिक रोजगारीमा ठगि बढ्दै गएको र ठगि गर्ने व्यक्तिहरुलाई समातेर मात्रै समस्याको समाधान नभएकाले आम नागरिकहरुलाई सुसुचित गर्ने गरी रोजगार सूचना व्यबस्थापन प्रणालीको  विकास गरिएको बताए। 

Ncell 2
Ncell 2

‘सर्वसाधारणहरुले बुझ्ने तरिकाले सूचनाहरुलाई कसरी लैजाने भन्ने बारेमा सरकारले सोचिरहेको छ। विभिन्न चेतना मुलक कार्यक्रमहरु समेत भइरहेका छन्। म विभागमा आएदेखि नै विभागसँग सम्बन्धीत कार्यालयहरुको सुद्धिकरण तथा वैदेशिक रोजगार व्यवसायीहरुको शुद्धीकरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको छु’ महानिर्देशक भुसालले भने। 

के हो वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली? 
सुरक्षित, व्यबस्थित र मर्यादित वैदेशिक रोजगारीका लागि सरकारले २०७५ असोज १५ गतेदेखि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस) कार्यान्वयनमा ल्याएको छ। 

ठगि रोक्नकै लागि अब वैदेशिक रोजगारमा जाने युवाहरुले आफ्नो श्रम स्वीकृति भएनभएको भन्ने जानकारी आफ्नै मोबाइलमार्फत पाउँछन्। जसका लागि सरकारले एफईआईएमएस प्रणाली  कार्यान्वयनमा ल्याएको छ। 

एकीकृत प्रणालीमा वैदेशिक रोजगारसँग सम्बन्धीत सबै सम्बन्धीत निकायहरुलाई आवद्ध गरी सूचना जानकारी तथा सेवा एकै ठाउँबाट पाउन सक्ने व्यवस्था गरिएको छ। 

जुन प्रणालीका लागि वैदेशिक रोजगारी मोबाईल एप्लिकेशन समेत सञ्चालनमा ल्याइसकिएको छ। त्यस्तै वैदेशिक रोजगार विभागको वेवसाइट www.dofe.gov.np मा समेत यसप्रणालीमार्फत आबश्यक जानकारी तथा पुनः श्रम स्विकृति समेत लिन सकिने व्यबस्था गरिएको छ। 

यसै प्रणाली अनुसार वैदेशिक रोजगार विभाग, अध्यागमन विभाग, राहदानी विभाग, कन्सुलर सेवा विभाग लगायत सम्पूर्ण  सम्बन्धीत संस्थाहरुबाट प्राप्त हुने सेवाहरु छिटो छरितो र सहज हुने गरी व्यबस्था मिलाइएको छ। 

कतिपय म्यानपावर तथा एजेन्टहरुले वैदेशिक रोजगारीमा जान लागेका युवाहरुलाई  श्रम स्विकृति भइसक्यो भनेर झुक्याएर रकम असुल्ने तर वास्तविकतामा श्रम स्विकृति नगरेको भेटिने खालका समस्या विद्यमान रहँदै आएका छन्। यसरी धेरै युवाहरु ठगिमा परेका छन्। यसप्रकारको

एफईआईएमएस प्रणाली मोबाइलबाटै प्रयोग गर्नका लागि वैदेशिक रोजगारी नामक मोबाइल एप्लिकेशन सञ्चालनमा ल्याइएको छ। सो एप्लिकेशन मोबाइलमा डाउनलोड गरी सूरक्षित वैदेशिक रोजगारीका लागि संयमित हुने जानकारीहरु लिन सकिन्छ। 

सो प्रणालीमार्फत नै श्रम  स्वीकृति भएको वा नभएको जानकारी लिन सकिन्छ। आफ्नो राहदानी, विभिन्न इजाजत प्राप्त म्यानपावर कम्पनीहरु, अभिमुखिकरण केन्द्र, स्वास्थ्य संस्थाहरु, विमा कम्पनी र आवद्ध बैंकहरुका बारेमा सबै जानकारी लिन सकिन्छ।
 
राम्रो कामका लागि कामदारको डिमाण्ड तथा आकर्षक तलब वास्तविक हो वा होइन समेत एफईआईएमएस प्रणालीमार्फत जानकारी लिन सकिने व्यबस्था गरिएको छ। 

वैदेशिक रोजगारीको ठगि सम्बन्धमा परेका उजुरीहरुका बारेमा समेत एप्लिकेशन मार्फत जानकारी पाइन्छ। 

वैदेशिक रोजगार विभागले दिएको उजुरी नम्बर राखेपछि आफ्नो उजुरीका बारेमा के भइरहेको छ, काम कारबाही प्रकृया कहाँ पुग्यो भन्ने बारे सबै जानकारी लिन सकिने विभागका कम्प्युटर इन्जिनियर राजुश्रेष्ठले जानकारी दिए। 

‘अब एउटा काम भनेर अर्कै काममा पुर्याइने समस्याको समेत अन्त्य हुने भएको छ। आफू कुन कम्पनीमा जाँदैछु, सो कम्पनीमा मासिक तलब कति छ ? सबै एफईआईएमएस प्रणालीमार्फत नै जानकारी पाइन्छ’ उनले भने।

प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  २१:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सर्लाहीमा बाटो विस्तारको विषयमा विवादमा इन्स्पेक्टरसहित ३ जना घाइते, प्रहरीले चलायो गोली
रास्वपा र राप्रपाले गर्‍यो आज पनि संसद् बैठकमा अवरोध
उपत्यकामा चौबिसै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुन्छ :खानेपानीमन्त्री यादव
सम्बन्धित सामग्री
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्र... शनिबार, असार ७, २०८२
राहतको पर्खाइमा झापाका ५२५ जना वन्यजन्तु पीडित चालु आर्थिक वर्ष २०८१/०८२ को हालसम्म डिभिजन वन कार्यालय झापा र निर्देशनालयबाट रु एक करोड ९० लाख एक हजार ९९३ राहत उपलब्ध गराइएको डिभि... बिहीबार, असार ५, २०८२
आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस यस दिवसले राज्य, समाज र अन्तरराष्ट्रिय समुदायलाई द्वन्द्वकालीन यौन हिंसाविरुद्ध ऐक्यबद्धता जनाउन जिम्मेवारीलाई स्मरण गराउँदै आएको छ... बिहीबार, असार ५, २०८२
ताजा समाचारसबै
सर्लाहीमा बाटो विस्तारको विषयमा विवादमा इन्स्पेक्टरसहित ३ जना घाइते, प्रहरीले चलायो गोली शनिबार, असार ७, २०८२
रास्वपा र राप्रपाले गर्‍यो आज पनि संसद् बैठकमा अवरोध शनिबार, असार ७, २०८२
उपत्यकामा चौबिसै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुन्छ :खानेपानीमन्त्री यादव शनिबार, असार ७, २०८२
चितवनमा सवारी दुर्घटनामा परी सात जनाको  मृत्यु, अठार घाइते शनिबार, असार ७, २०८२
रास्वपाले मनायो स्थापना दिवस शनिबार, असार ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
संसद्मा हाम्रा कुरा राख्न दिइएन, अब जनतामाझ राख्छौं : रास्वपा
संसद्मा हाम्रा कुरा राख्न दिइएन, अब जनतामाझ राख्छौं : रास्वपा शुक्रबार, असार ६, २०८२
दल र व्यक्ति पिच्छेसँग सरकारले सम्झौता गर्दै हिँड्दैन : महेश बर्तौला
दल र व्यक्ति पिच्छेसँग सरकारले सम्झौता गर्दै हिँड्दैन : महेश बर्तौला शुक्रबार, असार ६, २०८२
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक शुक्रबार, असार ६, २०८२
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक शुक्रबार, असार ६, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) बिहीबार, असार ५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इजरायलको बीर्शेबामा इरानको अर्को आक्रमण, इजरायलविरुद्ध इरानमा भएको प्रदर्शनमा हिजबुल्लाह पनि संलग्न शुक्रबार, असार ६, २०८२
टी–२०आई सिरिजमा नेपालले आज स्कटल्यान्डसँग खेल्दै शुक्रबार, असार ६, २०८२
टी–२० सिरिज: अन्तिम खेलमा स्कटल्यान्डसँग नेपाल ३४ रनले पराजित शुक्रबार, असार ६, २०८२
सुदूरपश्चिम रोयल्सले गर्यो ६ खेलाडीलाई रिटेन शनिबार, असार ७, २०८२
टस जितेको स्कटल्यान्डले ब्याटिङ रोज्यो, नेपालको प्लेइङ–११ मा एक परिवर्तन शुक्रबार, असार ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
तेहरानको हवाई क्षेत्र पूर्ण रुपमा नियन्त्रणमा लिएको इजरायलको दाबी सोमबार, असार २, २०८२
विश्व बैङ्कबाट २० अर्ब ७९ करोड ऋण स्वीकारसहित यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित) बुधबार, असार ४, २०८२
इरानद्वारा मोसादको मुख्यालयमा आक्रमण, इजरायली आक्रमणमा चार दिनअघि मात्र नियुक्त भएका इरानका उपकमाण्डर मारिए मंगलबार, असार ३, २०८२
इजरायलको बीर्शेबामा इरानको अर्को आक्रमण, इजरायलविरुद्ध इरानमा भएको प्रदर्शनमा हिजबुल्लाह पनि संलग्न शुक्रबार, असार ६, २०८२
प्रतिनिधिसभा बैठक स्थगित आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्