• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, फागुन ३, २०८२ Sun, Feb 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

निबन्ध : मान्छेलाई घडीबाट हानि

64x64
नेपाल लाइभ शुक्रबार, पुस ७, २०७४  ०६:२९
1140x725

घडीको आविष्कार हुनुभन्दा अगाडि मनुष्य जातिलाई समयको होश दिने प्रकृति नै थिइन्। आजकलका मान्छेलाई 'कुखुरी काँ' को मोल थाहा छैन। उहिले-उहिले यो सिउरदार चरो समय देखाउने चिजहरुमध्येको भाले थियो। त्यस्तै हामी आजकल तारा हेर्दैनौं। तर, उहिलेका मान्छेलाई आकाशमा जादु मात्रै थिएन। समयको संकेत पनि थियो। 

छायाको अध्ययन बीसौं शताब्दीको नजरमा त्यत्तिको मूल्यवान् छैन, जत्तिको घडीअगाडिको युगलाई जँच्दथ्यो। परेवाको कुर्लन र अनेक संकेतहरुबाट समयको विचार गर्न मानिसहरु हामी जस्ता लापरवाही थिएनन्  यो कुरा स्पष्टतया बहसबिना मालूम हुन्छ कि घडीको आविष्कारले मनुष्यजातिलाई हानि सिवाय केही गरेन।

हामीहरुले अब यन्त्रद्वारा प्रकृतिको कार्यक्रमको अध्ययन गर्न सिक्यौं र आफ्ना निमित्त विचार गर्नुभन्दा यन्त्रद्वारा विचार गर्न थाल्यौं। हाम्रो मगजमा मेसिनको अत्याचार बढ्यो र स्वतन्त्र अन्वेषण र प्राप्तिको मोहनीबाट सभ्य मानिस हरहमेसा वञ्चित छ। घडीबिना विचार गर्ने व्यासजी बने, घडी लिएर विचार गर्ने लक्ष्मीप्रसाद भनाउँदो। हामी आजकल खियौटे ठेट्ना बनिरहेछौं र हाम्रा मुटुका ढुकढुकी यन्त्रका टिकटिकीसँग तालमा मिल्दछन्। हामी यन्त्र बनाउँछौं, उनीहरु मन्त्र बनाउँथे। जहाँ आधुनिक पुरुषलाई पाङ्ग्रा र कमानीको तालिममा काम गर्नुपर्छ, पहिलेका मान्छेहरु प्रकृतिका संकेत र सूचनाहरु पाएर विशालको तालिममा काम गर्दथे।

प्राचीन युगमा मनुष्यहरु त्रिकालदर्शी हुनुका कारण यो एक हुन सक्तछ कि उनीहरु समयलाई यसरी टुक्रा पार्दैनथे र अनन्तको आह्वानलाई सानो टिकटिकीमा परिणत गर्दैनथे। हाम्रो आंशिक दृष्टि छ, उनीहरुको समष्टिरुपको दृष्टि थियो, त्यसैले प्राचीनकालमा ऋषि भए, अर्वाचीनमा छ्यासमिसे। पुराना महात्मा सबको आत्माको महात्म्य देख्थे, तर आजकलका महात्मा आफ्नै आत्माको महात्म्य देख्तछन्। 

पहिले-पहिले ऋषिले पलेटी कसे भने दिन बितेको थाहा पाउँदैनथे, तर एकै छिन समाहित भएर बसेँ भने मलाई घडी हेर्न मन लाग्दछ। जहाँ घडीको संकेत हुँदैन, त्यहाँ मानव-आत्माले अनन्तसँग नाता जोडेको देखिन्छ। तर, म समयलाई साना-साना टुक्रामा हेरेर दीर्घकालदेखि तर्सन्छु र थोरै क्षणको धैर्यले मेरो नाक फुल्दछ। अनन्तबाट म त्यत्तिकै सधैं दूर छु, जत्तिको होश हराएका भारद्वाज समाधिस्थ अवस्थामा मभन्दा माथि देखिन्छन्।

Ncell 2
Ncell 2

हामीहरु जीवनलाई सेकेन्डमा बाँडेर टुक्र्याइरहेछौं, ध्येयशून्यताको चक्करमा बाटुला घडीहरुको सुईका यात्रामा समय व्यतीत गरिरहेछौं। हामीहरु छरिइरहेछौं, संकीर्ण हुनु विकीर्ण हुनु हाम्रो सभ्यताको लक्षण हो। हामी एक घडीलाई धेरै देख्तछौं, त्यसलाई साठी मिनेटमा र हरएक मिनेटलाई साठी सेकेन्डमा बाँड्दछौं। हाम्रो आजकल कनिकाकेलाइ छ। महान् तत्त्वहरु सेकेन्डका होशमा उफ्रँदैनन् र हामीहरु देवताको दिन र ब्रह्माको युगमा कल्पना गर्न सक्तैनौं। हामीहरु छोटकरी बनिरहेछौं, खुम्चिरहेछौं, बोक्रा पढ्दछौं, सतह हेर्दछौं, हिसाबको क्षेत्रमा घुम्दछौं, आत्मालाई छाडेर रक्तसञ्चालनका नियमहरु अध्ययन गर्दछौं। मेरो विचारमा त यो घडीहरुकै अत्याचारले भएको हो।

किनकि आजकल हामीहरु घडीले उठ्तछौं र घडीले बस्तछौं। अध्यापक क्लासमा आउँदा घडी हेरेर आउँछन् घडी हेरेर जान्छन्। आजकलको विद्या र प्रमाणपत्रका बोक्रेपनमा विचार गर्ने मान्छेले थाहा पाउँछ, मानव-आत्मामा घडीको कत्रो अत्याचार छ। पहिले-पहिलेका गुरुहरु हरहमेसा दिनरात शिक्षा दिएर विद्यार्थीको आचार-व्यवहार समेतमा ध्यान राख्तथे। आजकलका मास्टरजीहरु घडी हेरेर पढाउन बाह्रकोठे बाटुलमुखेका काला अंकहरु गनीगनी पैसा लिन्छन्। विद्याको धारो समयमा खुल्दछ र समयमा बन्द हुन्छ, उपदेशको घडी तौलले खरिद-बिक्री हुन्छ अनि हामी बोक्रे हुनु कुन गजबको कुरा हो र?

हामीलाई परिश्रमको बाँड सिकाउने घडीको आविष्कार हो। बरु यन्त्रहरुको जेठो दाजु नै घडी हो। हामीहरु हमेसा बेफुर्सती छौं, सास फेर्न पाइन्न! स्वाँ-स्वाँको युगमा हामी घडीका सुईका मार्गदर्शनमा छौं। हाम्रा सुईहरु मुसा दौडे झैं दौडन्छन्। अनि आधुनिक कविहरु किन बिलौना नगरुन्:- यो जाबो जीवन के हो, यदि चिन्ताले परिपूर्ण भएर हामीले एकै छिन उभिएर एकोहोरो हेर्नकै फुर्सत पाउन्नौं भने? साँच्ची नै लोखर्केले सुपारी लुकाउने ठाउँ हेर्न हाम्रो फुर्सत छैन : हामी पैसा-पैसा भनी मरिरहेछौं। घडीले हामीलाई सिकायो कि जीवन व्यापार हो तर एकाग्रीकृत अभिप्राय होइन। हामी टिकटमा दौडिरहेछौं। हामी विशालका मुटुको ढुकढुकी सुन्न सक्तैनौं। 

यो लेख लेख्तालेख्तै मेरो कानमा नजिकको घन्टाघरले चार टड्कारा प्रहार गर्दछ र टिनटिनाहटले मेरो अफिसको समय सिद्धियो भन्ने असर जनाउ दिन्छ। कति मीठोसँग पाठक महाशयसँग कुराकानी चलिरहेको थियो र अरु कति मीठा कुरा निकालौंला भने जस्तो लागेको थियो। तर अपशोच, मेरा सहकारीहरु सबै फट्फटाउन लागिसके। घन्टाघरको राज्यमा मानव-मगजलाई यत्तिकै अधिकार छ र बीसौं शताब्दीको लेखको नमूना यही हो।

('लक्ष्मी निबन्धसंग्रह'बाट)
 

प्रकाशित मिति: शुक्रबार, पुस ७, २०७४  ०६:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
युक्रेनमा रुसी आक्रमण जारी, ओडेसामा मानवीय क्षति बढ्दै
निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गराउन प्रधानसेनापतिको विशेष निर्देशन
राप्रपाको चुनावी घोषणापत्रमा प्रदेश खारेजी र गैरदलीय स्थानीय तहको एजेन्डा (पूर्णपाठ)
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ्ग यी बीच भेटवार्ता शनिबार, फागुन २, २०८२
छुट्टाछुट्टै दुर्घटनामा ८ जनाको मृत्यु शनिबार, फागुन २, २०८२
युक्रेनमा रुसी आक्रमण जारी, ओडेसामा मानवीय क्षति बढ्दै शनिबार, फागुन २, २०८२
निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गराउन प्रधानसेनापतिको विशेष निर्देशन शनिबार, फागुन २, २०८२
राप्रपाको चुनावी घोषणापत्रमा प्रदेश खारेजी र गैरदलीय स्थानीय तहको एजेन्डा (पूर्णपाठ) शनिबार, फागुन २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट शुक्रबार, फागुन १, २०८२
पार्टी बचाउन बाबुराम भट्टराईलाई कारबाही गर्नुपरेको थियो : प्रचण्ड शुक्रबार, फागुन १, २०८२
कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई शनिबार, फागुन २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्