काठमाडौं- नेपाल बैंकर्स संघले बैंक तथा वित्तीय संस्थामा तरलता अभावको समस्या रहेको भन्दै कृषि क्षेत्रमा भएको कर्जा लगानीलाई कर्जा तथा निक्षेपको अनुपात (सिसिडी रेसियो) मा गणना गर्न नहुने माग राखेको छ।
संघले आगामी आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले त्यस्तो व्यवस्था गर्नुपर्ने माग राखेको हो।
बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजीको अभाव देखिने गरेको भन्दै समस्या समाधानका लागि त्यस्तो व्यवस्था मौद्रिक नीतिमार्फत गरिनुपर्ने माग राखेको छ।
‘मुलुकमा आएको राजनीतिक स्थायित्व तथा तीन तहको निर्वाचन पश्चात ऋणको माग उच्च रहेको तर सोही अनुपातमा निक्षेप बढ्न नसकेको अवस्था छ।
'मुलुकको समृद्धि तथा विकासका लागि लगानी रोक्न नहुने तर माग अनुसार ऋण दिन सक्ने अवस्था नरहेकोले सिसिडी गणना गर्दा कृषिमा भएको लगानीलाई समावेश गर्न नपर्ने व्यवस्था लागु गर्नु उचित हुन्छ,‘ संघले राष्ट्र बैंकलाई दिएको सुझावमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।