काठमाडौं- गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ को व्यापक विरोध भएपछि सरकारले ध्यानाकर्षण भएको बताएको छ।
बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विज्ञप्ती जारी गर्दै विधेयकका बारेमा उठेका चाँसो र चिन्ताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
'गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ माथि विगत केही दिनयता विभिन्न सरोकारवाला समुदायको चासो र चिन्ता प्रकट भएको तर्फ यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। सदियौंदेखी अभ्यास भईआएका विभिन्न धार्मिक, साँस्कृतिम मुल्य मान्यता र परम्पराहरुको संरक्षण, समर्थन र विकास गर्ने कार्यलाई यस मन्त्रालयले सदैव उच्च प्राथमिकतामा रोखेको छ,’ विज्ञप्तिमा भनिएको छ।
विधेयकका सम्बन्धमा भएका विरोधलाई मन्त्रालयले गम्भीर रुपमा लिएको तथा उनीहरुको चासोलाई मन्त्रालयले सकारात्मक रुपमा लिएको पनि विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।