काठमाडौं- बाँकेको डुडुवा गाउँपालिका-१ छोट्की चौखेरी भन्ने गाँउमा चट्याङपछि आगलागी सुरु हुँदा ३८ घरमा क्षति पुगेको छ।
बुधबार दिउँसो अन्दाजी ११ बजेको समयमा आगलागी सुरु भएको प्रहरीले जानकारी दिएको छ। घटनाको जानकारी लगत्तै असई कबीन्द्र कठायतको कमाण्डमा आगलागी नियन्त्रणका लागि खटिएको प्रहरीले बताएको छ।
आगलागी दिउँसो साढे १२ बजे पुर्णतया नियन्त्रणमा ल्याईएको र प्रमुख जिल्ला अधिकारीलगायतको टोलीले घटनास्थलको निरीक्षण समेत गरेका छन्।
आगलागीबाट ३१ लाख ३७ हजार बराबरको नोक्सानी भएको बताइएको छ।
आगलागीमा परी स्थानीय राम खेलौना यादव १६ वर्षीया छोरी नन्कै यादव घाईते भएको छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।