काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) सरकारले आवश्यकता र प्राथमिकताका आधारमा वैदेशिक ऋण लिन सक्ने प्रधानमन्त्रीको भनाइ, सरकारसँग ऋण व्यवस्थापन गर्न सक्ने क्षमता रहेको स्पष्ट
२) सूचना प्रविधि विधेयकका विवादित प्रावधानमाथि उपसमिति मौन, फरक मतसहित प्रतिवेदन पारित
३) युद्धग्रस्त लिबियामा अपहरित ४ नेपालीको इजिप्टस्थित नेपाली दूतावास र युनाइटेड नेसनको पहलमा सुरक्षित उद्धार, नेपाल फर्काउने पहल हुँदै
४) महिला विश्वकप फुटबलको इतिहासमै अमेरिका फराकिलो गोल अन्तरको विजयी, थाइल्याण्ड १३–० गोल अन्तरले पराजित
५) र, हङकङमा सुपुर्दगी सम्बन्धी प्रस्तावित विधेयकको विरोधमा भइरहेको प्रदर्शन झनै चर्कियो, बुधबार हङकङको मुख्य सडक अवरुद्ध देखि प्रशासनिक कार्यालयसम्म घेराउ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।