काठमाडौं– स्टार फरवार्ड लिओनल मेसी बढी पैसा कमाउने खेलाडी बनेका छन्। स्पेनिस महारथी फुटबल क्लब बार्सिलोनामा आबद्ध अर्जेन्टिनी फरवार्ड मेसी फोर्ब्सको सूचीमा संसकारका बढी कमाउने खेलाडीको शीर्ष स्थानमा परेका हुन्।
फोर्ब्सका अनुसार मेसीले गत वर्ष १२ करोड ७० लाख अमेरिकी डलर (१४ अर्ब १२ करोड नेपाली रुपैयाँ) आम्दानी ग रेका छन्।
यता इटालीयन क्लब युभेन्ट्सका पोर्चुगिज स्ट्राइकर रोनाल्डो १० करोड ९० अमेरिका डलर आम्दानी गर्दै दोस्रो स्थानमा रहेका छन्। तेस्रो स्थानका फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन फरवार्ड नेइमारको कमाइ १० करोड ५ लाख अमेरिकी डलर छ। गत जुन देखि एक वर्षको अवधिमा जितेको पुरस्कार, तलब र प्रायोजन जोडेर सूची प्रकाशन गरेको फोर्ब्सले जनाएको छ।
सूचीमा बास्केटबलका ३५ खेलाडी छन्। यस्तै अमेरिकी फुटबलका १९, बेसबलका १३, फुटबलका १२ सूचीमा छन्। बक्सिङ, गल्फ र टेनिसका पाँच-पाँच जना रहेका छन्।
सूचीमा रहेकी एक मात्र महिला खेलाडी टेनिसकी सेरेना विलियम्स ६३औँ स्थानमा छिन्। उनले गत वर्ष दुई करोड ९२ लाख डलर आम्दानी गरेकी थिइन्।
सूचीमा दक्षिण एशियाबाट एक मात्र खेलाडी मात्र सूचीमा छन्। जहाँ १ सयौँ स्थानमा रहेका भारतीय विराट कोहली छन्। उनी सूचीमा क्रिकेटका पनि एक मात्र प्रतिनिधि हुन्। उनले गत वर्ष तलब र पुरस्कारमा ४० लाख डलर र प्रायोजनबाट दुई करोड १० लाख डलर कमाएका फोर्ब्सले जनाएको छ।
बढी कमाउने १० खेलाडी
१. लियोनल मेसी, फुटबल, १२ करोड ७० लाख डलर
२. क्रिस्टियानो रोनाल्डो, फुटबल, १० करोड ९ लाख डलर
३. नेमार, फुटबल, १० करोड ५ लाख डलर
४. क्यानेलो अल्भारेस, बक्सिङ, ९ करोड ४० लाख डलर
५. रोजर फेडेरर, टेनिस, ९ करोड ३४ लाख डलर
६. रशेल विल्नस, अमेरिकी फुटबल, 8 करवड ९५ लाख डलर
७. आरोन रोड्जर, अमेरिकी फुटबल, ८ करोड ९३ लाख डलर
८. लिब्रोन जेम्स,बास्केटबल, ८ करोड ९० लाख डलर
९. स्टेफिन करी,बास्केटबल, ७ करोड ८० लाख डलर
१०. केभिन डुरान्ट,बास्केटबल, ६ करोड ५४ लाख डलर
पूरा सूची हेर्नुहोस्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।